१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रले काठमाडौं-१ बाट चुनाव लड्ने



रविन्द्र मिश्र (फाइल तस्वीर)
अ+ अ-

काठमाडौं । बुधबार मात्रै राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् ।

भोलि शुक्रबार दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट मिश्रले औपचारिक रुपमा उम्मेदवार घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अघिल्लो पटकको निर्वाचनमा पनि मिश्र काठमाडौं १ बाट नै चुनाव लडेका थिए । विवेकशील साझा पार्टीबाट तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए ।

विवेकशील साझा पार्टी छोडेपछि मिश्रले बुधबार मात्रै राप्रपामा प्रवेश गरेका हुन्।