• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

रवीन्द्र मिश्रले काठमाडौं-१ बाट चुनाव लड्ने



रविन्द्र मिश्र (फाइल तस्वीर)

काठमाडौं । बुधबार मात्रै राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् ।

भोलि शुक्रबार दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट मिश्रले औपचारिक रुपमा उम्मेदवार घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अघिल्लो पटकको निर्वाचनमा पनि मिश्र काठमाडौं १ बाट नै चुनाव लडेका थिए । विवेकशील साझा पार्टीबाट तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए ।

विवेकशील साझा पार्टी छोडेपछि मिश्रले बुधबार मात्रै राप्रपामा प्रवेश गरेका हुन्।