• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

राप्रपा अबको निर्वाचन पछि पहिलो शक्ति बन्छ: राजेन्द्र लिङदेन(भिडियोसहित)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गर्नु भएको छ ।

मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उहाँको भनाई थियो । रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टीका अगुवा नेताहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढन पनि निर्देशन दिनु भयो ।

उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो । अध्यक्ष लिङदेनले भन्नु भयो, ‘हामीले ठिक ढंगले अगाडि गयौं भने म फेरी पनि भन्छु–राष्ट्रिय प्रजातन्त्र पाटी आउने संसदमै पहिलो पार्टी बन्न सक्छ । हारिन्छ कि भन्ने हिन मानसिकतालाई त्यागेर अगाडि जानुप-यो । म यहीँबाट पार्टीका सबै अगुवा नेता साथीहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेर अगाड बढन म आग्रह गर्दछु । पछाडि हट्ने होइन्, भाग्ने होइन् । म यहीँबाट देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीविहरु, जो राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरु आउनुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिनुस् ।

हामी योग्यता, क्षमता भएका साथीहरुलाई उम्मेदवार बनाउन तयार छौं । हामी १६५ वटै प्रतिनिधिसभामा र ३३० वटै प्रदेश सभाको निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेर जान्छौं । त्यसकारण सबैलाई उच्च मनोबलका साथ अगाडि बढन आग्रह गर्दछु । विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’

अध्यक्ष लिङदेनले निर्वाचनमा हारिन्छ कि भन्ने हिन भावना त्यागेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले पार्टीमा प्रवेश गरेका रविन्द्र मिश्रलगायतका नेताहरुलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।