२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइराला समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिदै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहले आज मध्यान्न १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

कोईराला समूहले चियापानसहित खबरदारी सभासमेत गर्ने भएको छ । खबरदारी सभालाई सशक्त बनाउन असोज १३ गते बिहान ८ बजे अनुपम फुडल्याण्डमा चियापान कार्यक्रम सहित अन्तरक्रिया कार्यक्रम राखेको छ ।

सो समूहले बेलैमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको शक्ति समीकरणमा ध्यान नदिए कठोर निर्णय लिने चेतावनी दिएको छ ।

सो समूहले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै आएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।