१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

नेपाल सदैव विश्वशान्ति, स्थिरता र समृद्धिको पक्षमा: परराष्ट्र सचिव पौडेल

नेपाल सदैव विश्वशान्ति, स्थिरता र समृद्धिको पक्षमा: परराष्ट्र सचिव पौडेल
अ अ+ अ-

काठमाडौँ । पराराष्ट्र सचिव भरतराज पौडेलले विश्वशान्ति, कोभिड महामारी, भूराजनीतिक तनाव, असमानता, वातावरण परिवर्तन जस्ता पक्ष विश्वसामु अहिले चुनौतीका रूपमा देखापरेको बताउनुभएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७७औँ साधारणसभामा भाग लिने क्रममा परराष्ट्र सचिव पौडेलले विश्वमा देखिएका चुनौतीको सामना गर्न अन्तर्राष्ट्रियस्तरमा मजबुत ऐक्यबद्धतासहित सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कोभिड महामारी नियन्त्रण गर्नु अहिले विश्वको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले मानवजीवन रक्षाका लागि आवश्यक कोभिडविरुद्धको खोप समानरूपमा विश्वभर उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो ।

लक्षित जनसङ्ख्याको ९६ प्रतिशतभन्दा बढी जनतालाई खोप दिन नेपाल सफल भएको चर्चा गर्दै परराष्ट्र सचिव पौडेलले कोरोनाविरुद्धको खोप अभियानमा नेपाललाई सहयोग गर्ने छिमेकी देश भारत र चीनसहित विकास साझेदार देश र निकायलाई धन्यवाद दिनुभयो ।

विश्वमा देखिएका उल्लिखित चुनौतीबाट विशेषगरी अतिकम विकसित र कमविकसित देश प्रभावित भई दिगो विकासको लक्ष्यको उपलब्धि हासिल गर्न कठिन हुने धारणा व्यक्त गर्दै संरचनागत आर्थिक रूपान्तरण, बृहत् लगानी र क्षमताको अभाव तथा दिगो विकासका पक्षमा लिएका लक्ष्य पूरा गर्न नसके पनि विकासको पथमा नेपाल लम्किरहेको उहाँले बताउनुभयो ।

सचिव पौडेलले बाह्य लगानी वृद्धि गर्न, ऋण सहयोगमा सहुलियत दिन, व्यापार प्रवद्र्धनमा सहयोग गर्न र विकास निर्माणको पक्षमा सहयोग अभिवृद्धि गर्न विश्व समुदायको ध्यानाकर्षण गर्नुभयो ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न कोप बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाललगायत विकसित देशहरूले व्यहोर्नुपरेको वातावरणीय सङ्कटको सामना गर्न र सन् २०४५ सम्म शून्य इमिसन प्राप्त गर्ने नेपालको प्रतिबद्धता पूरा गर्न बाह्य सहयोग आवश्यक रहेको भन्ने विषय स्मरण गर्दै सचिव पौडेलले नेपालले त्यसबेला प्रतिबद्धता गरेको वातावरण परिवर्तनका पक्षमा गरिने कार्यक्रम कार्यान्वयनका लागि यथाशक्य छिटो सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल सदैव शान्ति, सुरक्षा, निशस्त्रीकरणको पक्षमा रहेको छ भनी पछिल्ला दिनमा विश्वमा सैनिक शीर्षकमा खर्च वृद्धि भइरहेकामा चिन्ता व्यक्त गर्दै नेपालले जहाँ र जनुसुकै किसिमका आतङ्कवादी गतिविधिको भत्र्सना गर्दछ भन्नुभयो ।

नेपालको संविधानले मानवअधिकारको पूर्ण प्रत्याभूति गरेको चर्चा गर्दै उहाँले मौलिक स्वन्त्रता, समावेशीकरण र सहभागिताको सिद्धान्तलाई नेपाले अङ्गीकार गरेको स्पष्ट गर्नुभयो । विस्तृत शान्ति सम्झौता र समयसापेक्ष रूपमा अन्तर्राष्ट्रिय समुदायमा जनाइएको प्रतिबद्धताअनुसार पीडित पक्षलाई न्याय दिने पक्षमा नेपाल रहेको सचिव पौडेलले बताउनुभयो ।

उहाँले युक्रेन, अफगानिस्तान, म्यान्मार, लिबिया, सिरिया, यमन र मध्यपूर्वको अवस्थाबारे नेपाल जानकार रहेको बताउँदै शान्तिसुरक्षा र स्थायित्व सुनिश्चितताका पक्षमा सहभागी हुन विश्व समुदायसँग अनुरोध गर्नुभयो ।

संयुुक्त राष्ट्रसङ्घको शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने अभियानमा नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै ७७औँ महासभामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुहुने परराष्ट्र सचिव पौडेलले राष्ट्र सङ्घीय शान्ति सेनामा खटिने सुरक्षाकर्मीलाई आवश्यक तालिम र स्रोतसाधनको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।रासस