१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday
Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश मैदानमा



अ+ अ-

काठमाडौं । दशरथ रंगशालामा भईरहेको बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती ११ जना सार्वजनिक भएको छ ।

पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रशिक्षक प्रदीप हुमागाईंले किरण चेम्जोङ, सुजल श्रेष्ठ, अञ्जन विष्ट लगायत सिनियर खेलाडीलाई पहिलो रोजाइमा राखेका छन् ।

नेपालको सुरुवाती ११ जनामा किरण चेम्जोङ (कप्तन, गोलकिपर), रोहित चन्द, अनन्त तामाङ, दीनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, विमल घर्तिमगर, अञ्जन विष्ट रहेका छन् ।

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।