१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

वैदेशिक रोजगारीमा ठगिएकालाई ४८ करोड भन्दा बढीको क्षतिपूर्ति(भिडियोसहित)

वैदेशिक रोजगारीमा ठगिएकालाई ४८ करोड भन्दा बढीको क्षतिपूर्ति(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ ।

मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउने जस्ता कार्य गराएको भनि वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ती भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराइएको बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरी उपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाइएको पनि बताउनु भयो ।

मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भइ काम अगाडी बढेको पनि उल्लेख गर्नुभयो । त्यस्तै रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन बैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रुपमा रोमानिया मिशन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउने कार्यदल गठन भइ कार्य भइरहेको पनि उहाँले बताउनु भयो । सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम भइरहेको जनाइएको छ ।

मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुनेगरी कार्यान्वयन गरिएको उल्लेख गर्नुभयो । उहाँले श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्ने सम्बन्धी प्रतिवेदन तयार भइ जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढेको बताउनु भयो । श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले व्यवसायिक सिप तथा तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

त्यसैगरी कम्तिमा २ वर्ष सामाजिक सुरक्षामा योगदान गर्ने योगदानकर्ताहरुलाई कोरोनरी आर्टरी बाइपास वा ओपनहार्ट सर्जरी, मस्तिष्कघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनलाईन्जुरी, हेडईन्जुरी, सिकलसेल, एनिमिया, हेमोफेलिया र थालासेमिया लगायतका १० प्रकारका घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने व्यवस्था गरिएको बताइएको छ ।

श्रम मन्त्री कुँवरका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकका स्नातक तहको प्रथम वर्षमा भर्ना भइ अध्ययन गरिरहेका सन्ततिहरुलाई प्रत्येक प्रदेशबाट १२ जनाका दरले ८४ जनाले स्वदेशी शैक्षि संस्थामा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने भएको छ । यसका लागि योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिएको उहाँको भनाइ छ ।