१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राष्ट्रपतिबाट भएको संविधान उलंघनबारे न्यायालयले जवाफ दिनुपर्छ: नन्दा चपाई(भिडियोसहित)

राष्ट्रपतिबाट भएको संविधान उलंघनबारे न्यायालयले जवाफ दिनुपर्छ: नन्दा चपाई(भिडियोसहित)
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका निवर्तमान सांसदहरुले सरकारले हस्तक्षेपकारी भूमिका खेलेकाले संघीयता उन्मुख हुने खालका कानुन निर्माण गर्न नसकेको आरोप लगाएका छन ।

राष्ट्रियसभामा सत्तारुढ नेपाली काँग्रेसका निवर्तमान सांसद राधेश्याम अधिकारी, नेकपा (एमाले)का निवर्तमान सांसद परशुराम मेघी गुरुङ र नेकपा (एकीकृत समाजवादी)की निवर्तमान सांसद नन्दा चपाईले यस्तो आरोप लगाउनु भएको हो ।

नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)की निवर्तमान सांसद चपाईले संविधान विपरित गएर नागरिकता विधेयक रोक्ने काम राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको उल्लेख गर्दै त्यसबारे न्याय दिन न्यायालयको ध्यानाकर्षण गराउनु भयो । संविधानले अनुमति नदिएको सो विधेयक रोक्ने काम गरेर राष्ट्रपति भण्डारीले संविधान विपरित काम गरेकाले न्यायालयले त्यसबारे जवाफ दिन ढिलाई गर्न नहुने उहाँले पटकपटक दोहोर्याउनु भयो ।

निवर्तमान सांसद चपाईले भन्नु भयो, ‘नागरिकता विधेयकका बारेमा धेरै लामो छलफल भईरहेको छ । नागरिकता विधेयक आवश्यक छ पनि भनिराखेका छौं । राष्ट्रपतिज्यूले अहिले प्रमाणिकरण गर्नु भएको छैन । देश र जनताको निम्ति गरिएन भनिएको छ । तर, उहाँले देश र जनताको निम्ति सोच्नु भएको होला । तर, संविधानले उहाँलाई त्यो अनुमति दिएको छैन । नदिएको कुरा कसरी रोकियो ? यसको न्याय कहाँबाट हुन्छ ? न्यायालयले त्यसको जवाफ दिनुपर्छ ।’

सत्तारुढ प्रमुख घटक काँग्रेसका निवर्तमान सांसद राधेश्याम अधिकारीले संसदको पाँच वर्षे कार्यकाल संघीयता उन्मुख हुनै नसेकेको स्विकार गर्नुभयो । उहाँले संघीयताको हिमायती हौं भन्ने दलहरुका मन्त्रीहरुले संघीयता अनुसारको अधिकार तल पठाउने काममा हस्तक्षेप गरेकाले सांसद र संसदीय काम कारबाही संघीयता उन्मुख हुन नसकेको आरोप लगाउनु भयो ।

निवर्तमान सांसद अधिकारीले भन्नु भयो, ‘संसदको यो कार्यकाल संघीयता उन्मुख हुनै सकेन । किन हुन सकेन भन्नु हुन्छ भने संघीयताको सबैभन्दा ठूलो हिमायती भन्ने पार्टीका साथीहरु जो मन्त्री भएर आउनु भयो । उहाँहरुको केन्द्रिकृत मानसिकता रह्यो । उहाँहरुकै कारण तल अधिकार दिने कुरामा हस्तक्षेप भयो । उहाँहरु सशक्ति हुने तर संघीयतामा तल पावर नदिने काम गरियो । त्यो कुरा हेर्नलाई वन ऐन, खेलकुद ऐन हेरे पुग्छ । शिक्षा नीति समेत संसदले हेर्ने हैसियत राख्न सकेन ।’

यता, एमालेका निवर्तमान सांसद परशुराम मेघी गुरुङले संसदको काम कारबाहीलाई प्रभावकारी बनाउने हो भने सांसदहरुले खेल्ने भूमिकाको सूचि नै बनाएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले दल र नेताहरु हावी हुँदा संसदको काम कारबाही जनताको आकांक्षा सम्बोधन हुने काममा केन्द्रित हुन नसकेको बताउनु भयो ।

निवर्तमान सांसद गुरुङले भन्नु भयो, ‘संसदीय अभ्यासलाई प्रभावकारी बनाउने हो भने त्यसमा विधायकीहरुले खेल्ने भूमिकाको सूचि नै बनाएर अघि बढनुपर्ने हुन्छ । विधायकी खुलापन आवश्यक छ । पाँच वर्षे संसदको कार्यकाल उपलब्धिमूलक रहेन । दलको नाममा, नेताको नाममा जनताको आकांक्षा सम्बोधन हुने गरी काम गर्न सकिएन ।’

गुरुङले विधायिकीहरुले खुलापनका साथ छलफल गर्ने अवसर नपाएकाले संघीय संसदको पाँच वर्षे कार्यकाल उपलब्धिमूलक हुन नसकेको बताउनु भयो ।