११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

संसद् अधिवेशन अन्त्यः नेताहरुको मिश्रित प्रतिक्रिया

संसद् अधिवेशन अन्त्यः नेताहरुको मिश्रित प्रतिक्रिया
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको फैसलबाट दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थापना भएपछि शुरु भएको चालु संसद अधिवेशनको आज अन्त्य भएको छ ।  

नेपाल सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरिएको जानकारी आजको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गराउनुभएको थियो । 

अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर बैठकलाई जानकारी गराउनुपूर्व सञ्चारमाध्यमले अधिवेशन अन्त्य हुने र राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याउने तयारीबारे समाचार सम्प्रेषण गरेपछि आजको बैठकमै त्यसबारे विपक्षी सांसद्ले ध्यानाकर्षण गराएका थिए । 

तत्कालीन सत्ता घटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भित्रका विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा गत पुस ५ गते विघठित प्रतिनिधिसभा गत फागुन ११ गते सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापना भएको थियो भने प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत जेठ ८ गते दोस्रो पटक विघठित प्रतिनिधिसभा अदालतको फैसलाबाट गत असार २८ गते पुनःस्थापना भई असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
 
यही साउन ३ गते प्रारम्भ भएको संसद्को आठौँ अधिवेशन २९ दिन चल्यो ।  यसबीचमा १० बैठकमा २० घण्टा १५ मिनेट संसदीय काम भएको छ । आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरीवेक्षण गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक पदार्थ नियमन गर्ने अध्यादेश, २०७८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ लगायत प्रस्तुत भएका थिए । प्रतिनिधिसभाको चालू अविधेशनमा कुनै पनि नयाँ विधेयक सदनमा दर्ता भएनन् । यही साउन ३ गतेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का माधवकुमार नेपाल पक्षसहितको समर्थनमा विश्वासको मत पाउनुभएको थियो । 

पुनःस्थापित संसद् एक महिना नपुग्दै अन्त्य भएका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेका मुख्यसचेतक विशाल भट्टराईले रासससँग कुरा गर्दै अधिवेशनको अन्त्य ‘असमय’मा भएको प्रतिक्रिया दिनुभयो । उहाँले अघिल्लो सरकारले ल्याएका १५ महत्वपूर्ण अध्यादेशमाथि छलफल नभएको र नयाँ विधेयक नल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सदनमा सरकारको बहुमत भएपनि अध्यादेश बजटेलाई प्रतिस्थापन विधेयक ल्याउन सक्नुपथ्र्यो । हिजो हाम्रो पार्टीका अध्यक्ष ओलीले संसद् विघटन गर्दा प्रतिगमी भन्नेहरुले लोकतान्त्रिक ढङ्गले संसद् चलाउन सकेको भए हुन्थ्यो भन्ने हाम्रो बुझाइ हो ।”

सत्तारुढ काँग्रेसका सचेतक पुष्पा भुसालले भने नयाँ सरकारले बजेट र विधेयकबारे तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य भएको बताउँदै सरकार सदनलाई बिजनेस नदिने र सदन छल्ने भन्ने हुन नसक्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले विधेयक र अध्यादेशहरुको आवश्यक तयारी तथा परिमार्जन गर्छ र त्यसलाई उचित समयमा संसद्मा पेश गर्नेछ ।” सरकारले सदन अन्त्य गरेपछि दल विभाजनसम्बन्धी ल्याउन लागेको हो भन्ने प्रश्नमा नेत्री भुसालले त्यसबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले पहिलो पटक प्रतिनिधिसभा विघटन भएकामा आफूहरुले पनि विरोध गरे पनि पुनःस्थापनापछिको सदनले बिजनेश नपाएको, सरकारले विश्वासको मत नपाउनुका साथै नयाँ सरकार पनि दिन नसकेकाले दोस्रो पटक विघटन भई ताजा जनादेशमा जानु उपयुक्त नै भए पनि सर्वोच्च अदालतको फैसलापछि त्यसको कार्यान्वयन भएको तर यस अधिवेशनले कुनै नयाँ कानून ल्याउन सकेन । 

उहाँले नागरिकतालगायतका विधेयक तीन÷चार वर्षदेखि विचाराधीन स्थितिमा रहँदा सदनमा छलफल हुन नसक्नु राम्रो नभएको टिप्पणी गर्नुभयो ।