९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानबाट पश्चिमी सेनाको बहिर्गमन हुनु गलत : मर्केलको दलको भनाइ



अ+ अ-

एजेन्सी । अफगानिस्तानबाट बिना तयारी पश्चिमी सेनाको बहिर्गमन हुने निर्णय नै ’सबैभन्दा ठूलो भूल’ भएकोे जर्मन चान्सलर एन्जेला मर्केलको दल सीडीयू प्रमुखले सोमबार बताउनुभएको छ । 

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सैनिकको अफगानिस्तानबाट फिर्ता भएपछि तालिबान समूहले सत्ता आफ्नो कब्जामा लिएपछि सीडीयू पार्टीका प्रमुख आर्रिन लाश्चेटले भन्नुभयो, “अन्तरराष्ट्रिय समुदायको यो सहभागिता सफल भएन भन्ने कुरा स्पष्ट छ ।” 

“यो नेटोले आफ्नो स्थापना कालदेखि नै भोगेको सबैभन्दा गम्भीर परिणाम हो र हामी नयाँ विकासक्रमको परिवर्तनलाई हेरिरहेका छौँ ।”

सेप्टेम्बरको निर्बाचनपछि मर्केलको चान्सलर पदको उत्तराधिकारी बन्ने प्रबल सम्भावना रहेका सीडीयूका उम्मेदवार लाशेटले भन्नुभयो, “जर्मनीको अहिलेको प्रमुख ध्यान अफगानिस्तानबाट जर्मन सैनिकको उद्धार कार्यमा केन्द्रित गर्नुपर्छ ।”

उहाँले भन्नुभयो, “तर हामी यस उद्धार मिशनपछि प्राप्त कारणहरू र निष्कर्षका बारेमा कुरा गर्नेछौं । जर्मनीमा, हाम्रा सहयोगी र अन्तरराष्ट्रिय समुदायमा गल्तीहरूबारे विश्लेषण गर्न कुनै रोक नलगाइएको उहाँले बताउनुभयो ।