२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

अफगानिस्तानबाट पश्चिमी सेनाको बहिर्गमन हुनु गलत : मर्केलको दलको भनाइ

अफगानिस्तानबाट पश्चिमी सेनाको बहिर्गमन हुनु गलत : मर्केलको दलको भनाइ
अ अ+ अ-

एजेन्सी । अफगानिस्तानबाट बिना तयारी पश्चिमी सेनाको बहिर्गमन हुने निर्णय नै ’सबैभन्दा ठूलो भूल’ भएकोे जर्मन चान्सलर एन्जेला मर्केलको दल सीडीयू प्रमुखले सोमबार बताउनुभएको छ । 

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सैनिकको अफगानिस्तानबाट फिर्ता भएपछि तालिबान समूहले सत्ता आफ्नो कब्जामा लिएपछि सीडीयू पार्टीका प्रमुख आर्रिन लाश्चेटले भन्नुभयो, “अन्तरराष्ट्रिय समुदायको यो सहभागिता सफल भएन भन्ने कुरा स्पष्ट छ ।” 

“यो नेटोले आफ्नो स्थापना कालदेखि नै भोगेको सबैभन्दा गम्भीर परिणाम हो र हामी नयाँ विकासक्रमको परिवर्तनलाई हेरिरहेका छौँ ।”

सेप्टेम्बरको निर्बाचनपछि मर्केलको चान्सलर पदको उत्तराधिकारी बन्ने प्रबल सम्भावना रहेका सीडीयूका उम्मेदवार लाशेटले भन्नुभयो, “जर्मनीको अहिलेको प्रमुख ध्यान अफगानिस्तानबाट जर्मन सैनिकको उद्धार कार्यमा केन्द्रित गर्नुपर्छ ।”

उहाँले भन्नुभयो, “तर हामी यस उद्धार मिशनपछि प्राप्त कारणहरू र निष्कर्षका बारेमा कुरा गर्नेछौं । जर्मनीमा, हाम्रा सहयोगी र अन्तरराष्ट्रिय समुदायमा गल्तीहरूबारे विश्लेषण गर्न कुनै रोक नलगाइएको उहाँले बताउनुभयो ।