२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

बार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख शाक्यको आग्रह

बार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख शाक्यको आग्रह
अ अ+ अ-

काठमाडौँ । जनप्रतिनिधिले नगर सभाबाट पारित गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कर्मचारीहरुले भूमिका बढाउनु पर्नेमा जोड दिँदै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, नीति र  कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कर्मचारीको सक्रियता अपेक्षा गर्नुभएको छ । बार्षिक कार्ययोजना तर्जुमा गर्ने क्रममा विभागीय प्रमुखहरुसँग छलफल गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘विभाग सक्रिय भएन भने कुनै पनि काम बन्दैन । जनप्रतिनिधिले तयार गरिदिएका कार्यक्रमको गन्तव्यलाई लक्ष्य मानेर तपाईँहरु कार्यक्रम कार्यान्वयनमा लाग्नोस् ।’

‘सम्पन्न भएका कार्यक्रमको लाभ समीक्षा गरौँ । कार्यान्वयन आउन नसकेका कार्यक्रम किन भएनन्? कारण खोजौँ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘महानगरले आन्तरिक रुपमै सम्पादन गर्न सक्ने कामलाई खुरुखुरु सञ्चालन गरौँ । नीतिमा केही अस्पष्ट भए हामीलाई सोध्नू । क्षेत्रगत समन्वयमा गर्नुपर्ने कामको हामी संयोजन गर्छौँ । त्यहीअनुरुप योजना कार्यान्वयन गरौँ ।’

त्यस क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्धले महसुस योग्य परिणाम आउने बताउनुभयो । सबैले पदीय जिम्मेवारी पूरा गर्ने हो भने कसैले कसैप्रति प्रश्न गर्नुपर्ने दिन आउँदैन । यो बोध भए पुग्छ । उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो । 

प्रशासनिक नेतृत्वले राजनीतिक नेतृत्वको नीति कार्यान्वयनमा सघाउने हो । प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, ‘कार्ययोजनाले आफ्नो मूल्याङ्कनमा गर्न सघाउ पु¥याउँछ । कार्यालयले आफ्नो विभागबाट अपेक्षा गरेका उपलब्धी कति प्राप्त भए? समीक्षा गर्न मद्दत गर्छ । त्यसैले विभागले गर्ने कामलाई कार्ययोजनाका आधारमा कार्यान्वयनमा लिएर जाऔँ । आ. व. ०७८÷०७९ का लागि स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि तयार भएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरौँ ।’

महानगरको नवौँ अधिवेशनबाट स्वीकृत बार्षिक कार्यक्रमलाई विभागहरुले कुन काम कहिले सुरु गर्ने र कहिले सम्पन्न गर्ने चौमासिक अवधि राखेर कार्ययोजना बनाएका छन् । कार्यक्रम कार्यान्वयनको मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहित कार्ययोजना बनेको छ । 

बार्षिक कार्ययोजना तर्जुमा सहजीकरणका लागि निर्देशक बसन्त आचार्यको संयोजकत्वमा टोली गठन गरिएको थियो । टोलीको सदस्यहरुमा उपनिर्देशकहरु प्रहलाद घिमिरे र प्रवीण प्याकुरेल र शाखा अधिकृत संन्जिव श्रेष्ठ हुनुहुन्छ । टोलीले साउन १८ गते छलफल आयोजना गरेर काम थालेको थियो । त्यसपछि विभागहरुलाई पठाइएको ढाँचामा कार्ययोजना तयार भएको छ । यसरी तर्जुमा गरिएको सम्झौतामा भोलि प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित विभागीय प्रमुखहरुविच हस्ताक्षर हुनेछ । 

महानगरपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को कार्ययोजनामा भएका मुख्य मुख्य ब्यवस्थाहरु
नियमित कामहरु सबै चौमासिकमा हुनेछन् । मापदण्ड, कार्यविधि तयारी तथा अवधारणा तयार गर्ने कामलाई पहिलो चौमासिकमा राखिएको छ । स्वास्थ्य बीमा गर्ने, बक्यौता भुक्तानी गर्ने, योजनाको स्पेसिफिकेसन¸लगत तयार र सूचना प्रकाशन गर्नु पर्ने काम पहिलो चौमासिकमा हुनेछ । बोलपत्र मूल्याङ्कन तथा सम्झौताहरुमध्ये आन्तरिक रुपमा गरिने पहिलो चौमासिकमा र परामर्श सेवाबाट गरिनेलाई दोस्रो चौमासिकमा राखिएको छ । 

पूर्वाधार निर्माण तर्फका योजनाहरु तेस्रो चौमासिकमा सम्पन्न गरिनेछन् । विभिन्न संस्थाहरुलाई प्रदान गरिने कार्यक्रम सहयोग दोस्रो चौमासिकमा सम्पन्न हुनेछ । संघसस्था छनौट गर्ने काम दोस्रो चौमासिकमा हुनेछ । विद्यालयमा माग संकलन गर्ने, आन्तरिक आय नभएका विद्यालय छनौट गर्ने, नमूना विद्यालय छनौट गर्ने पहिलो चौमासिकमा र रकम निकासा गर्ने दोस्रो चौमासिकमा हुनेछ । शिक्षा विभागका नियमित काम सबै चौमासिकमा हुनेछन् । 

सामाजिक विकास विभागअन्तर्गत सूचना प्रकाशन गर्ने, संस्था छनौट गर्ने, अवधारणा तयार गर्ने, छलफल गर्ने काम पहिलो चौमासिकमा हुनेछ । खेलकुदका कार्यक्रम वडामा पठाउने निकासा, पौरखी मेला, स्वयमसेवक परिचालन दोस्रो चौमासिकमा हुनेछ । 

जनप्रतिनिधिहरुको क्षमता विकास र तालिमका कार्यक्रम पहिलो र दोस्रो चौमासिकमा तथा कर्मचारीहरुको क्षमता विकास र तालिम दोस्रो र तेस्रो चौमासिकमा हुनेछ । ककनी र धुनीबेँसी पालिकालाई दिइने विकास अनुदानका लागि पहिलो चौमासिकमा सम्झौता हुनेछ भने दोस्रो चौमासिकमा निकासा पठाइनेछ । 

पहिलो चौमासिकमा गुणस्तरका आधारमा होटल तथा रेष्टुरेन्टको बर्गीकरण गरिनेछ । स्वास्थ्यतर्फ औषधी खरिद पहिलो चौमासिकमा हुनेछ भने स्वास्थ्य सेवाका नियमित काम सबै चौमासिकमा हुनेछन् । 
यससँगै नियमित हुने विभागका कामलाइ सबै चौमासिकमा राखिएको छ ।  

कार्ययोजना तर्जुका प्रक्रिया र यसका मुख्य बुँदाका विषयमा निर्देशक बसन्त आचार्य, उपनिर्देशकहरु प्रहलाद प्याकुरेल र प्रवीण प्याकुरेलले प्रस्तुति गर्नुभएको थियो । त्यस्तै निर्देशकहरु दीपक अधिकारी, राम थापा, हरिबहादुर कुँवर, हरिकुमार श्रेष्ठ, उपनिर्देशक रामप्रसाद पौडेलसहित अधिकारीहरुले बार्षिक कार्ययोजना कार्यान्वयनका कर्मचारीहरु उत्साहित भएको धारणा राख्नुभएको थियो ।