१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की



अ+ अ-

काठमाडौँ । मंगलबारदेखि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश बन्नुभएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बन्नुभएको हो ।

यही असोज १५ गते कामु प्रधानन्यायाधीश दीपककुमार कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ । त्यसपछिको सर्वोच्चको बागडोर कामु प्रधानन्यायाधीशको हैसियतमा हरिकृष्ण कार्कीले सम्हाल्नुहुनेछ ।

तर अवकास पाउनुअघि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत तीर्थाटनका लागि जानुभएकाले मंगलबारदेखि हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको नेतृत्व लिने हुनुभएको हो ।

गत फागुन १ गते महाअभियोग लागेपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा पर्नुभएको छ । उहाँमाथिको महाअभियोगको टुंगो नलागेका कारण सर्वोच्चको काम कारबाही कामु प्रधानन्यायाधीशबाट हुँदै आएको छ ।

महाअभियोगको टुंगो नलागे पनि निलम्बित प्रधानन्यायाधीश जबरा आगामी मंसिर २७ गते ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकासमा जानुहुनेछ । यद्यपि हरिकृष्ण कार्कीले त्यसपछि पनि लगत्तै पूर्ण प्रधानन्यायाधीशका रुपमा काम गर्न पाउनुहुने छैन ।

प्रधानन्यायाधीश बन्नका लागि न्याय परिषद्ले वरिष्ठ तीन जना न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिमा पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । सुनुवाइ समितिले कुनै एक न्यायाधीशको नाम अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिबाट सपथ खुवाएपछि मात्र पूर्ण प्रधानन्यायाधीशका रुपमा मानिनेछ ।

आगामी मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचन भई सबै स्थानको नतिजा आउन केही समय लाग्न सक्नेछ । प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय समिति गठन प्रक्रिया पूरा गर्न करिब तीन/चार महिना लाग्नसक्ने अघिल्लो पटकको प्रतिनिधिसभाको निर्वाचनबाट प्रष्ट भएको छ ।

यस हिसाबले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको अवस्थामा पनि कम्तीमा चैतपछि मात्र पूर्ण प्रधानन्यायाधीश बन्नुहुने देखिएको छ ।

यद्यपि निलम्बित प्रधानन्यायाधीश जबरा अनिवार्य अवकासमा गएपछि पनि संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेसम्म उहाँ नै कामु प्रधानन्यायाधीशको जिम्मेबारीमा रहनुहुनेछ ।




भर्खरै