९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसीमा सघाउन देउवाको आग्रह, तर ओली आफ्नै अडानमा



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोग माग्नु भएको छ ।  

सोमबार साँझ प्रधानमन्त्री निबास वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएको दुःखेसो पोख्दै एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गर्नु भएको थियो ।

प्रधानमन्त्री देउवाको आग्रह पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रकृयामा प्रवेश गर्न नसक्ने बताउनु भएको बैठकमा सहभागी एमाले नेताहरूले बताउनु भएको छ ।

प्रधानमन्त्री देउवासंगको छलफलमा सहभागी हुनु भएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले न्यूजपोलारसँग भन्नुभयो, "एमालेले प्रधानमन्त्री देउवालाई सदन सुचारु हुने वातावरण मिलाउन, एमालेले उठाएका मुद्दा सम्बोधन गरेपछि एमसीसीका बारेमा छलफल गर्न तयार रहेको जानकारी गराउनु भयो ।"

भेटवार्ताा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव  विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो । नेपाली काँग्रेसका तर्फबाट भने उपसभापति पूर्णबहादुर खड्का, संचार मन्त्री ज्ञानेन्द्र कार्की लगायत हुनुहुन्थ्यो ।