९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानबाट उद्धार गरिएकाको व्यवस्थापन नेपाली सेनाले गर्ने



अ+ अ-

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरी काठमाडौं  ल्याइएका १०७ नेपाली सहित ९ भारतीय र अन्य मुलुकका गरी  १२७ जनाको व्यवस्थापनको कार्य नेपाली सेनाले गरेको छ । बिमानस्थलबाट उनीहरुलाई सिधै धापासीमा रहेको आइसोलेसन केन्द्रमा लगिएको छ ।

त्यहाँ उनीहरुको एन्टिजेन परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको आ–आफ्नो ठाउँमा पठाइने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालले जानकारी दिनुभयो ।

अफगानिस्तानको सरकार पतन भएसँगै तालिबान समूहको नियन्त्रणमा पुगेको अफगानिस्तानको राजधानी काबुलमा हिंसा फैलिने र जीउज्यानमै जोखिम उत्पन्न हुने अवस्था सिर्जना भएपछि त्यहाँ रहेका विदेशी नागरिकको उद्धार कार्य जारी छ ।

नेपालीहरु पनि ठूलै संख्यामा काबुलमा कार्यरत रहेका खबरहरु आइरहेका छन् । केही व्यक्तिलाई अमेरिकी र अन्य सरकारले उद्धार गरे पनि ठूलै संख्यामा नेपालीहरु उद्धारको पर्खाइमा रहेका छन् ।

नेपाल सरकारले नेपाल एयरलाइन्सको बिमान पठाएर उद्धार गर्ने भनिए पनि हुन सकेको छैन ।