२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलका लागि टिकट मूल्य निर्धारण गरेको छ ।

यस मैत्रीपूर्ण खेलका लागि भिआइपीतर्फ १ हजार र पाँच हजार तथा साधारण तर्फ प्रति टिकट ५ सय रुपैयाँ तोकिएको छ ।

एन्फाले भिआइपीतर्फका सिमिति सिटको प्रति टिकटको मुल्य ५ हजार सम्म तोकेको हो । ८० वटा सिट ५ हजार टिकटका लागि छुट्याइएको बताइएको छ । यो मूल्य हालसम्मकै महँगो रहेको छ ।

यसअघि २०७७ चैतमा भएको थ्री नेसन्स कपको फाइनलमा भिआइपीतर्फ २ हजार र साधारणतर्फ १ हजार रुपैयाँको टिकट दर तोकिएको थियो ।

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल भोलि साँझ दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ ।