• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध

उत्तर कोरियाले पुनः गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण



एजेन्सी । उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले यो जानकारी दिएको हो ।

दक्षिण कोरियाली सेनाले दिएको बयानमा उत्तर कोरियाले पूर्वी तटतर्फ समुन्द्रमा मिसाइल प्रहार गरेको एवं प्योङयाङबाट १०० किलोमिटर टाढा यो मिसाइल परीक्षण गरेको जनाइएको छ ।

यो परीक्षण अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको बीचमा गरिएको हो । मिडिया रिपोर्टका अनुसार यो परीक्षणको कारण दक्षिण कोरिया र अमेरिकाबीचको घनिष्ठ सम्बन्ध रहेको छ । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस छिट्टै दक्षिण कोरियाको भ्रमणमा जाँदैछन् ।

उनको दक्षिण कोरिया आउने मिति तय भइसकेको छैन, तर रिपोर्टका अनुसार उनी जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी भएर सेप्टेम्बर २७ मा दक्षिण कोरिया जानेछिन् ।

आणविक र ब्यालेस्टिक किलर परीक्षण गरेको भन्दै संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । अर्को अर्थमा भन्दा उत्तर कोरियाले आणविक र ब्यालिस्टिक मिसाइल परीक्षण गर्न सक्दैन । यसका बाबजुद पनि लगातार मिसाइल परिक्षण भइरहेको छ । यसअघि मे महिनामा पनि मिसाइल परीक्षण गरिएको थियो ।