• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

निद्रासम्बन्धी यी रोचक तथ्यहरु, जुन सुन्दा तपाई छक्क पर्नुहुनेछ



सांकेतिक तस्बिर

एजेन्सी । निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।

एक व्यक्तिले आफ्नो सम्पूर्ण जीवनको लगभग २० वर्ष निद्रामा बिताउँछ, बाँकी वर्षहरूमा उसले आफ्नो दिनचर्या चलाउँछ ।

१. एक व्यक्तिले आफ्नो सम्पूर्ण जीवनको लगभग २० वर्ष निद्रामा बिताउँछ, बाँकी वर्षहरूमा उसले आफ्नो दिनचर्या चलाउँछ ।

२. यदि कोही व्यक्ति मस्त सुतिरहेको छ र उसको अगाडि एलपीजी ग्यास चुहावट भयो भने पनि उसले उक्त ग्यासको सुगन्ध महसुस गर्न सक्दैन किनभने मानिस निद्रामा हुँदा उसले कुनै पनि कुराको गन्ध पाउन सक्दैन ।

३. यदि तपाईं १६ देखि २० घण्टासम्म लगातार जागा रहनुभयो भने, तपाईंले आफ्नो शरीरमा ०.५ प्रतिशत अल्कोहल रहेको महसुश हुनेछ । र तपाईंलाई मादक पदार्थ जस्तै महसुस हुनेछ ।

४. तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि आजसम्म हामी किन सुत्छौं भन्ने थाहा छैन ।

५. यदि कुनै व्यक्ति पर्याप्त मात्रामा निन्द्रा लिन सकेन भने त्यस व्यक्तिको उमेर घट्दै जान्छ र धेरै प्रकारका घातक रोगहरूको चपेटामा पर्न थाल्छ । ऊ छिट्टै बुढो हुन्छ । त्यसैले पर्याप्त निद्रा लिनुपर्छ ।

६. घोडा कहिल्यै पल्टिएर सुत्दैन । उ सधैँ उभिएर नै सुत्छ ।

७. के तपाईलाई थाहा छ कुल जनसंख्याको लगभग १५ प्रतिशत मानिसलाई निद्रामै हिँड्ने बानी हुन्छ भने ५ प्रतिशतलाई निद्रामै बोल्ने ।

८. खरायो कहिल्यै आँखा बन्द गरेर सुत्दैन ।

९. जुन समयमा संसारमा रंगीन टेलिभिजन थिएन, त्यसबेला धेरैजसो मानिसले ‘ब्ल्याक एण्ड ह्वाइट’ सपना देख्दथे

१०. जब मानिस निद्रामा हुन्छ, तब उसको तौल अलि कम हुन्छ ।

११. र्यान्डी गार्डनर संसारमा एक मात्र व्यक्ति हुन् जसले ११ दिन २५ मिनेटसम्म सुतेनन् । यो कीर्तिमान सन् १९६४ मा बनाइएको थियो जब गार्डनर १७ वर्षका थिए ।

१२. यदि कुनै व्यक्ति १२ देखि १५ दिनसम्म सुत्न सकेन भने त्यस अवस्थामा उसको मृत्यु समेत हुन सक्छ ।