४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

निद्रासम्बन्धी यी रोचक तथ्यहरु, जुन सुन्दा तपाई छक्क पर्नुहुनेछ

निद्रासम्बन्धी यी रोचक तथ्यहरु, जुन सुन्दा तपाई छक्क पर्नुहुनेछ
सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।

एक व्यक्तिले आफ्नो सम्पूर्ण जीवनको लगभग २० वर्ष निद्रामा बिताउँछ, बाँकी वर्षहरूमा उसले आफ्नो दिनचर्या चलाउँछ ।

१. एक व्यक्तिले आफ्नो सम्पूर्ण जीवनको लगभग २० वर्ष निद्रामा बिताउँछ, बाँकी वर्षहरूमा उसले आफ्नो दिनचर्या चलाउँछ ।

२. यदि कोही व्यक्ति मस्त सुतिरहेको छ र उसको अगाडि एलपीजी ग्यास चुहावट भयो भने पनि उसले उक्त ग्यासको सुगन्ध महसुस गर्न सक्दैन किनभने मानिस निद्रामा हुँदा उसले कुनै पनि कुराको गन्ध पाउन सक्दैन ।

३. यदि तपाईं १६ देखि २० घण्टासम्म लगातार जागा रहनुभयो भने, तपाईंले आफ्नो शरीरमा ०.५ प्रतिशत अल्कोहल रहेको महसुश हुनेछ । र तपाईंलाई मादक पदार्थ जस्तै महसुस हुनेछ ।

४. तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि आजसम्म हामी किन सुत्छौं भन्ने थाहा छैन ।

५. यदि कुनै व्यक्ति पर्याप्त मात्रामा निन्द्रा लिन सकेन भने त्यस व्यक्तिको उमेर घट्दै जान्छ र धेरै प्रकारका घातक रोगहरूको चपेटामा पर्न थाल्छ । ऊ छिट्टै बुढो हुन्छ । त्यसैले पर्याप्त निद्रा लिनुपर्छ ।

६. घोडा कहिल्यै पल्टिएर सुत्दैन । उ सधैँ उभिएर नै सुत्छ ।

७. के तपाईलाई थाहा छ कुल जनसंख्याको लगभग १५ प्रतिशत मानिसलाई निद्रामै हिँड्ने बानी हुन्छ भने ५ प्रतिशतलाई निद्रामै बोल्ने ।

८. खरायो कहिल्यै आँखा बन्द गरेर सुत्दैन ।

९. जुन समयमा संसारमा रंगीन टेलिभिजन थिएन, त्यसबेला धेरैजसो मानिसले ‘ब्ल्याक एण्ड ह्वाइट’ सपना देख्दथे

१०. जब मानिस निद्रामा हुन्छ, तब उसको तौल अलि कम हुन्छ ।

११. र्यान्डी गार्डनर संसारमा एक मात्र व्यक्ति हुन् जसले ११ दिन २५ मिनेटसम्म सुतेनन् । यो कीर्तिमान सन् १९६४ मा बनाइएको थियो जब गार्डनर १७ वर्षका थिए ।

१२. यदि कुनै व्यक्ति १२ देखि १५ दिनसम्म सुत्न सकेन भने त्यस अवस्थामा उसको मृत्यु समेत हुन सक्छ ।