काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत रहेको प्रतिक्रिया जनाउनुभएको छ ।
उहाँले सामाजिक सञ्चाल ट्वीटरमार्फत ओलीले संसद छलेर अध्यादेश ल्याउदा आफूहरु प्रतिपक्षमा रहेको स्मरण गराउँदै ओलीको कदमप्रति डटेर प्रतिकार गरेको बताउनुभयो ।
संसद अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश उक्त प्रवृत्ति भन्दा फरक नरहेको भन्दै असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार रहेको प्रतिक्रिया दिनुभएको छ ।
उहाँ लेख्नुहुन्छ,
हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउदा हामी प्रतिपक्षमा थियौं । उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार गर्यौं । आज संसद अधिवेसन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन ।असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिकाे प्रहार हो ।
— Pradip Paudel (@paudelpradipNC) August 17, 2021











