११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जसपा केन्द्रीय सदस्यले लिए शपथ

जसपा केन्द्रीय सदस्यले लिए शपथ
अ अ+ अ-

काठमाडौं । निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । पार्टी नेता प्रमोद साहले केन्द्रिय कार्य समितिको बैठकको सुरुमै पार्टी केन्द्रिय सदस्यहरुलाई सपथ ग्रहण गराइएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘पार्टीका केन्द्रिय सदस्यहरुको विवरण निर्वाचन आयोगमा पठाउने काम गरिएको छ । ती केन्द्रिय सदस्यहरुलाई सपथ ग्रहण गराइयो । पार्टीको सिद्धान्त, नीति, निमय अनुसार चल्नलाई केन्द्रिय सदस्यहरुलाई सपथ गराइएको हो ।’

२ दिनसम्म चल्ने केन्द्रिय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गर्नु भएको छ भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गर्नु भएको छ । दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ–आफनो धारणा राख्नेछन ।

बैठकमा प्रदेश कमिटीको नेताहरुले पनि  पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणका विषयमा आ–आफ्नो धारणा राख्नेछन । नेता साहले पार्टीको तल्लो तहसम्मको संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न पनि केन्द्रिय कार्य समितिको बैठक बोलाउनु परेको स्पष्ट पार्नु भयो । पार्टीको भावी कार्यदिशाका विषयमा नेताहरुबीच गहन छलफल हुने पनि जनता समाजवादी पार्टी, नेपालले जनाएको छ ।