• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा विश्वको प्रविधि र समृद्धि भित्र्याउने काममा लाग्न परराष्ट्रमन्त्रीको आग्रह ★   भेडेटारको स्काइ वाक निर्माण सकियो, शुक्रबार मुख्यमन्त्रीले उद्घाटन गर्ने ★   सहज स्तरोन्नतिका लागि इजिप्टले सघाउने ★   टीकापुरमा चितुवाको त्रास ★   हिमा नदी र मार्सी धान खेती, फोटोले नै खिच्यो प्रधानमन्त्री ओलीको मन ! ★   कर्णाली प्रदेशमा आज भारी वर्षा हुने, बाढी र पहिराेको चेतावनी ★   पूर्वमुख्यमन्त्री कार्कीले शौचालयमा थुनेर कुट्ने धम्की दिएपछि सचिव भट्टराईले गुहारे प्रशासन ★   नेपाल एसिया कपबाट बाहिरियो ★   प्रधानमन्त्री ओलीले भने– विद्युत् प्राधिकरणसँग मतभेद छैन, उद्योगीसँग बक्यौता उठाइन्छ ★   अमेरिकास्थित नेपालीको सहयोगमा अनाथ आश्रमका बालबालिकालाई स्कुल भ्यान

संघीयतालाई कसरी कार्यान्वयन गर्नुपर्छ देखाउँछौँः प्रकाशमान सिंह(भिडियोसहित)



फाईल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचनपछि केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, काँग्रेसले मौका पायो भने संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ । केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्छौं । सुशासनको समस्यालाई हल गर्नेछौँ ।’

नेता र्सिहले नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउनु भयो । उहाँले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताउनु भयो ।

नेता सिंहले १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी शैक्षिक नीतिमा विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुने दाबी गर्नुभयो । उहाँले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । त्यसैले अहिले शिक्षालाई हामीले वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर शिक्षलाई अघि बढाउनु पर्छ । १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्छ । नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ, बेरोजगारको समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउनुपर्छ भन्ने नीति आउने नीतिमा जोड दिनेछौँ ।’

नेता सिंहले राजनीति भनेको समाजसेवा गर्ने माध्यम भएको बताउनु भयो । उहाँले हरेक वडामा स्वास्थ्य क्लिनिक हुनुपर्ने बताउनु भयो ।