१२ बैशाख २०८२, शुक्रबार
,
Latest
शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जनका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला एनएसएलको विजेताले ८० लाख पाउने हावा र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी: चीन देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिदेशी दबाब र प्रभाव बढ्यो,राष्ट्रबादी शक्ति एकजुट हुनुपर्छ: कमल थापा



अ+ अ-

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बिदेशी दबाब र प्रभाव बढ्दै गैरहेको भन्दै यो अबस्थामा राष्ट्रबादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

आज हेटौंडा -१३ पदमपोखरिमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रबादी शक्ति एकठाँउमा आउनुपर्ने आबश्यकता औल्याए ।

थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न समेत उनको आग्रह थियो । मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न चुनाबी मैदानमा आउन चाहेको भन्दै आफुलाई अब जनताको सेवा बाहेक अरु कुनै चाह नरहेको समेत स्पष्ट पारे ।

राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उनले टिप्पणी गरे । कार्यक्रममा नेताहरु गणेश थापा, राजाराम बर्तौला, प्रेम भोम्जन, राजेन्द्र ढुङ्गाना, सुर्य रुम्बा, किशोर मैनाली , शेर बहादुर बल लगायतले बोलेका थिए ।