५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिदेशी दबाब र प्रभाव बढ्यो,राष्ट्रबादी शक्ति एकजुट हुनुपर्छ: कमल थापा



अ+ अ-

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बिदेशी दबाब र प्रभाव बढ्दै गैरहेको भन्दै यो अबस्थामा राष्ट्रबादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

आज हेटौंडा -१३ पदमपोखरिमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रबादी शक्ति एकठाँउमा आउनुपर्ने आबश्यकता औल्याए ।

थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न समेत उनको आग्रह थियो । मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न चुनाबी मैदानमा आउन चाहेको भन्दै आफुलाई अब जनताको सेवा बाहेक अरु कुनै चाह नरहेको समेत स्पष्ट पारे ।

राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उनले टिप्पणी गरे । कार्यक्रममा नेताहरु गणेश थापा, राजाराम बर्तौला, प्रेम भोम्जन, राजेन्द्र ढुङ्गाना, सुर्य रुम्बा, किशोर मैनाली , शेर बहादुर बल लगायतले बोलेका थिए ।