• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश



जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक एवं पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

धनुषाको तिनकोरियामा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमकाबीच अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गरेका हुन् ।

०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका उनी पछि लोसपामा रहेर ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।