१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सकस: गृहमन्त्री खाँडको दौडधुप, प्रचण्ड र ओली संग छुट्टाछुट्टै छलफल



अ+ अ-

काठमाडौँ  । अमेरिकी अनुदान परियोजना  एमसीसी संसद्‌बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबशहादुर देउवालले दलहरु संगको छलफललाई तिब्रता दिनु भएको छ । सोमबार साँझ  प्रमुख प्रतिपक्षीदलका नेता केपी शर्मा ओलीसँग संवाद गर्नुभएका प्रधानमन्त्री देउवाले आज बिहान गृहमनत्री बालकृष्ण खाँडलाई माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली संग छलफलका लागि पठाउनु भएको छ ।

प्रधानमन्त्री देउवाको सन्देश लिएर गृहमन्त्री खाँड माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग छलफल गरी नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ । प्रधानमन्त्री देउवा सकेसम्म सत्तागठबन्धन भित्र बाट नै सहमति खोज्ने नभए बैकल्पीक बाटो को लागि तयार रहनु भएको छ ।

जसपा नेता डा. बाबुराम भट्टराईले पनि कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नुपर्ने नभए नया समीकरण बनाउनु पर्ने बताउनु भएको  छ ।