६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन



अ+ अ-

काठमाडौं । रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।

वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ । 

विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए । “परेका सबै आवेदनलाई रुजु गरेर स्वीकृत भएकालाई लिखित परीक्षाका लागि योग्य मानिनेछ,” निर्देशक भट्टराईले भने, “मापदण्डअनुसार नपरेका आवेदन अस्वीकृत हुनेछन् ।” विभागले भदौ १५ देखि २२ गतेसम्म स्वीकृत भएका आवेदनका लागि परीक्षा तय हुने जनाएको छ । सबै आवेदनलाई म्यानुयल रूपमा हेर्नुपर्ने भएकाले लिखित परीक्षाको मिति भने तय गरिएको छैन ।

विभागको इजरायल फोकल व्यक्ति निर्देशक डम्बर सुनुवारले कोभिड संक्रमणको अवस्थामा परीक्षा कसरी गर्ने भन्नेबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि) लाई पत्राचार गरेर सुझाव माग गरिएको बताए । इजरायलका लागि लिइने अंग्रेजी भाषा परीक्षामा ४० अंकभन्दा बढी ल्याउने पास हुने भए पनि म्यारिटबेसमा छनोटमा परेकालाई अन्तर्वार्ताका लागि बोलाइने जनाइएको छ ।

आकर्षक श्रम गन्तव्य इजरायलमा नेपाली युवाले सरकारी तवरबाट सहायक कामदारका रूपमा केयर गिभरमा रोजगारी पाउने भएपछि धेरै युवाको आवेदन पर्ने अपेक्षा गरिए पनि कडा छनोट मापदण्डका कारण विद्यालय तह शैक्षिक योग्यता पूरा नभएका युवाले आवेदन दिन नपाएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।