२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा राष्ट्रपति विरुद्धका रिट सुनुवाइ भएन



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरु शुक्रवार सुनुवाइ हुन सकेन ।

नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी पाँच वटा फरक रिट निवेदन दर्ता भएको थियो । ती सबै रिट निवेदनहरु एकैसाथ डा मनोज शर्माको एकल इजलासमा पेशी तोकिएको थियो । तर ३० वटा निवेदनभन्दा पछि पालो परेकाले ती निवेदनहरुको शुक्रवार सुनुवाइ हुन सकेन ।

यी निवेदन सुनुवाइका लागि कहिले पालो आउँछ भनेर सर्वोच्च अदालतले पेशी तोकेको छैन ।

राष्ट्रपतिले यही असोज ४ गतेभित्र नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने थियो । उहाँले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग राखी उहाँविरुद्ध पाँच फरक रिट निवेदन दर्ता भएका थिए ।

राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भएको नागरिकता विधेयक संसद्को दुवै सदनबाट हुबहु पारित भई प्रमाणीकरणका लागि दोस्रोपटक सो विधेयक राष्ट्रपतिकहाँ पुगेको थियो । राष्ट्रपति भण्डारीले दोस्रोपटक पनि सो विधेयक प्रमाणीकरण गर्नुभएको थिएन ।