३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

बागलुङको घरबासमा आकर्षक परिकार- ‘रातो च्याउ’

बागलुङको घरबासमा आकर्षक परिकार- ‘रातो च्याउ’
अ+ अ-

गलकोट । बागलुङमा पछिल्लो समय घरबास पर्यटन निकै फस्टाउँदै गएको छ । बिदाका समयमा घुम्ने, रामाइलो गर्ने र पर्यटकीयस्थलको भ्रमण गर्ने परिपाटीसँगै आन्तरिक पर्यटक जिल्लाका विभिन्न घरबासमा पुग्ने गरेका छन् ।

बागलुङको ताराखोला गाउँपालिकाको एक घरबासले भने अन्य घरबासको तुलनामा फरक परिकारको स्वादले मनै लोभ्याउने गरेको छ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ स्थित ठूलो हिले सामुदायिक घरबासको मुख्य आकर्षणका रुपमा जङ्गली रातो च्याउ रहेको छ ।

दुर्गम स्थानको ठूलो हिले सामुदायिक घरबासले आफ्नो घरबासको मुख्य परिकारका रुपमा रातो जङ्गली च्याउको परिकार पाहुनाले खुबै रुचाउने गरेका छन् । ताराखोलाको डुडेलेकको जङ्गलको ठुटामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरबासमा पुग्ने गरेका छन् ।

घरबासमा पुग्ने पाहुनाले त्यहाँको प्राकृतिक मनोरम दृश्य र सँगै अर्गानिक उत्पादनले आफूलाई आकर्षित गरेको ठूलोहिले सामुदायिक घरबासका सञ्चालक तेजेन्द्रबहादुर श्रीसले बताउनुभयो । “ताराखोला भन्नासाथ रातो च्याउको नाम आउँछ, हामीले घरबासमा यसलाई मुख्य परिकारका रुपमा अगाडि सारेका छौँ, त्यसबाहेक सेतो च्याउ र फापरको पीठो दोस्रो आकर्षण हो”, श्रीसले भन्नुभयो, “डुडेलेक एक आकर्षक पर्यटकीय गन्तव्य हो, हामीले पर्यटकलाई आकर्षित गर्न घरबास सञ्चालनमा ल्याएका हौँ ।” बर्खामा बाटोका कारण पर्यटक घटेको भए पनि च्याउको कोसेली पठाउन फोन आउनेसमेत गरेको छ ।

घरबासमा रातो च्याउबाहेक जङ्गली सेतो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल घारबासको मुख्य परीकार हो । पर्यटकीय क्षेत्र डुडेलेक पुग्ने र स्थानीय परिकारका पारखी ठूलो हिले पुग्ने गरेका छन् । तीन वर्षदेखि सञ्चालनमा आएको ठूलो हिले सामुदायिक घरबास पर्यटकीय क्षेत्रमा भएकाले पर्यटकको रोजाइमा पर्न थालेको हो ।

तारोखोला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महँगो छ । प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ ताराखोला पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख रहेको छ ।

घरबास नखुल्दैसमेत यहाँ सामान्य पर्यटक घुम्न आउने गरेका थिए । ताराखोला गाउँपालिकाको सहयोगमा घरबास सञ्चालनमा ल्याएपछि यहाँ आउने पर्यटकहरु बढ्न थालेका छन् । घरबासमा आउने जोकोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेको घरबास सञ्चालक बताउँछन् ।

पाहुनाले आफ्नो परिवारका सदस्य रहेको युरोप, जापान, अष्ट्रेलिया तथा अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गरेर पठाउँदै आएको पाइएको छ । सुकेको रातो च्याउ लामो समय रहने भएकाले विदेशमा कोसेलीका लागि लैजाने गरेका छन् ।

जङ्गली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयवासीले जङ्गली च्याउ सुकाएर राख्ने गरेका छन् । अहिले सुकेको एक पाथी रातो च्याउको मूल्य ताराखोलामै दुई हजार ५०० देखि तीन हजारसम्म पर्ने ताराखोलाका स्थानीयवासी वसन्ती घर्तीले बताउनुभयो ।

“जङ्गलमा गएर ल्याउनै सकस हुन्छ, च्याउको सिजनमा जङ्गलमा च्याउ टिप्नेको लार्को नै लाग्छ”, घर्तीले भन्नुभयो, “निकै दुःख गरेर ल्याइन्छ यसको महत्वसमेत धेरै भएकाले मूल्य राम्रो छ, परिवारले पनी खानैप¥यो, आफन्तलाई पठाएर रहेको मात्रै बिक्री गर्ने हो ।”

घर्तीले जङ्गली रातो र सेतो च्याउको माग धान्नै नसकेको बताउनुभयो । स्थानीयवासीले जङ्गलमा घाँस, दाउरा गर्नका लागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउको व्यावसायिक बिक्रीवितरण भने हुन सेको छैन ।

अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै गएको र मूल्य बढ्दै गएको स्थानीय धनबहादुर बुढाले बताउनुभयो । बुढाका अनुसार समयअगावै च्याउ टिप्दा बिउँ मासिने अवस्था रहेको बताउँदै यसलाई व्यावसायिक उत्पादनकारुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उच्च पहाडी भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ ।

जङ्गलमा पाइने अधिकांश च्याउ विषालु भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् । ताराखोलाको उच्च भागमा रहेका घरमा अहिले जङ्गली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ ।

रातो च्याउ ताराखोलासहित गलकोटको रमुवा, ढोरपाटन तमानखोला लगायतको घना जङ्गलमा समेत पाइन्छ । रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँन थालेपछि गाउँपालिकाले रातो च्याउलगायत ताराखोलाको भाँगो, सिन्की र आलुलाई ब्राण्ड गर्ने नीति तथा कार्यक्रममै समावेश गरेको छ । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विश्वकर्माले स्थानीय अर्गानिक उत्पादनको ब्राण्डिङ, प्याकेजिङ र बजारीकरण गाउँपालिकाले गर्ने योजना बनाएको बताउनुभयो ।

उहाँले ताराखोलाको भागो र आलुको माग निकै रहेको बताउनुभयो । ताराखोलामा ठूलो हिलेसहित किकल्टा घरबासमा समेत रातो च्याउसँगै सिस्नोको परिकार खान पाइने गरेको छ । किकल्टा घरबास ताराखोलाको भागमा रहेकाले जिल्लाकै चर्चित घरबासमा पर्ने गरेको छ ।

सिताके च्याउको व्यावसायिक उत्पादन थाले जस्तै वैज्ञानिक तरिकाले रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका अध्यक्ष राजबहादुर थापाले बताउनुभयो । रासस