१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना पक्षकालाई धेरै टिकट दिलाउन शेखर पक्षको भेला



file
अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्ना पक्षकालाई बढीभन्दा बढी टिकट दिलाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ ।

स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने उद्देश्यले भोलि शनिबार भेलाको तयारी गर्ने भएको छ ।

बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरुलगायत सहभागी भएको बताइएको छ ।

शेखर पक्षले आसन्न निर्वाचनमा आफ्नो पक्षकालाई सम्मानजनक हिस्सेदारी माग गर्न पार्टी सभापति देउवालाई दबाब बढाउने उद्देश्यले भेला गर्न लागेको बताएको छ ।