११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

राप्रपाले रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन तयार

राप्रपाले रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन तयार
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीको वरिष्ठ उपाध्यक्ष पद दिन तयार भएको छ ।

राप्रपाको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराउँदै मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिएर भए पनि पार्टीमा ल्याउनुपर्ने प्रस्ताव गर्नुभएको बताइएको छ ।

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले मिश्रलाई पार्टीमा वरिष्ठ उपाध्यक्ष पद दिन आफू बाधक नभएको तर बाहिर आफू बाधक भएको भनेर गरिएको प्रचारप्रति असन्तुष्टि जनाउनुभएको थियो ।

उपाध्यक्षत्रय तामाङ, धु्रवबहादुर प्रधान र रोशन कार्कीले पार्टीमा २०÷३० वर्षदेखि काम गर्दै आएका नेता तथा कार्यकर्ताको मानमर्दन गर्न नहुने बताउनुभयो ।

यद्यपि सल्लाहकार परिषद्का अध्यक्ष निरञ्जन थापाले भने निर्वाचित उपाध्यक्षहरुभन्दा तल रहने गरी मिश्रलाई पार्टीमा ल्याउन सुझाव दिनुभएको थियो । पार्टीमा अहिले निर्वाचित उपाध्यक्षमा तामाङ, विक्रम पाण्डे, प्रधान र कार्की रहनुभएको छ ।

पार्टी अध्यक्ष लिङ्देनसँग पार्टी अध्यक्षपछिको पहिलो वरियता पाउनुपर्ने मिश्रले माग गरेको बताइएको छ । मिश्र पार्टीमा आउने पक्का भएको अवस्थामा सबैको सम्मान हुनेगरी वरियता मिलाउन पार्टी अध्यक्षलाई जिम्मेबारी दिइएको बताइएको छ ।