८ भाद्र २०८३, सोमबार
,
Latest
१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९६ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।