७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 2.06

Humidity: 68

Latest
आँखा शिविरबाट चौध सय लाभान्वित बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित ‘जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौं’ अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी आन्दोलन निरन्तर चल्छः अध्यक्ष लिङदेन आगामी बजेट : आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५ चितवनलाई हराउँदै पोखरा एनएसएलको क्वालिफायर टूमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राणी उद्यान चिडीयाखानाले समृद्धि र विकास ल्याउने छ: मन्त्री यादव



अ+ अ-

काठमाण्डौँ I वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा जिल्लामा निर्माण गरिएको पर्सा प्राणी उद्यान सदर चिडीयाखानाले यहाँको समृद्धि तथा विकास ल्याउने बताउनु भएको छ । आज पर्सा जिल्लाको वीरजगञ्ज महानगरपालिका–३२ मा निर्माण गरिने पर्सा प्राणी उद्यान सदर चिडीयाखानाको सिलान्यास कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले वीरगञ्जमा पर्यटकीय स्थल नभएको र हाल निर्माण गरिन लागिएको पर्सा प्राणी उद्यान सदर चिडीयाखानाले यहाँ समृद्धि र विकास ल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्सामा आन्तरिक तथा बाह्यि पर्यटक भित्रयाउनका लागि र यहाँको समृद्धि सहित विकासका लागि पर्सा प्राणी उद्यान चिडियाखाना स्थापना गरेको छु, अब यहाँ पर्यटकहरुको सङ्ख्या बृद्धि हुनुका साथै, यहाँको विकासमा थप टेवा पुग्ने छ ।” सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले आफु मन्त्री बनेदेखि पर्सा जिल्लामा प्राकृतिक चिडियाखाना निर्माणका लागि पहल थालेको र अहिले आएर उक्त कार्य सफल भएको बताउनुभयो । विभिन्न कठिनाईका बाबजुद पनि आज पर्सामा चिडियाखाना शिलान्यास गर्न सफल भएको मन्त्री यादवले जानकारी गराउनुभयो ।

पर्सा वासीको आर्यस्तरमा बृद्धि गर्न तथा पर्यटन प्रबद्धनका लागि वीरगञ्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षौ पहिलेदेखिको सपना रहेको र अहिले आएर उक्त सपना साकार भएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धिका लागि अगाडी बढीरहेको छु, वीरगञ्जमा निर्माण हुने चिडियाखानाले पर्यटन प्रबद्धन सहित त्यहाँका नागरिकको आर्थिक स्तरमा बृद्धि गर्ने मैले अपेक्षा लिएको छु ।” वीरगञ्जमा चिडियाखानाका लागि लामो समयदेखि पहल भएपनि निर्माणका लागि अनुमति प्राप्त हुन सकेको थिएन ।

पर्सा र वारा जिल्लाको बिचमा निर्माण गरिन लागेको उक्त चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटकहरु आउने भएकाले यहाँको पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताउनुभयो । मन्त्री यादवकै पहलमा पर्सामा चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्मा प्रस्ताब पेश भएको थियो । मन्त्री यादवले पेश गर्नु भएको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएपछि आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको हो ।

उक्त चिडीया खाना रु एक अर्ब एक करोड सात लाखमा निर्माण गरीन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक अजय कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१ को सोलखपुर वडा नं. ३२ को रामवनमा प्राकृतिक चिडीयाखाना स्थापना भएपछि यहाँ आन्तरिक तथा बाह्यि पर्यटक भित्रयाउन सकिने छ ।

चिडियाखानाको क्षेत्रफल भित्र पर्ने ३.१ हेकटर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरिने भएको छ । उक्त चिडियाखाना वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं. ३२ को रामवन क्षेत्र मध्ये वीरगञ्ज महानगरपालिका वडा नं. ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समुहले समेत आफ्नो साझेदारी वन क्षेत्रमा प्रस्तावित चिडीया खाना स्थापनाका लागि सहमति दिएको थियो ।

सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडीया खानाको क्षेत्रफल ५० हेकटर रहेको जसमा घास बुट्यान क्षेत्रले ३९.४ हेकटर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ । उष्ण साल वन क्षेत्र रहेको सो वन क्षेत्रमा मख्य प्रजाति साल, कर्मा रहेको छ भने कहिँले कही घुमन्ते बाघ देखिने त्यसक्षेत्रमा अन्य वन्यजन्तुमा चित्तल, खरायो, दुम्सि, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगाँ, मैना, गरुड र सारस पनि पाइने र उक्त क्षेत्रमा घर्सने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यहाँका चिडियाखाना बनाउन उपयुक्त रहेको मन्त्री यादवले बताउनुभयो ।