• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न मन्त्री रेग्मीको आह्वान(भिडियोसहित)



काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरुसँग आह्वान गर्नुभएको छ ।

बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताउनुभएको हो ।

उहाँले सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको पनि बताउनु भयो । मन्त्री रेग्मीले परिषद्मा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताउनु भयो ।

उहाँले गैर सरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको बताउनु भयो । उहाँले सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामिण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यक्ता रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री रेगमीले परिषद्बाट राष्ट्रिय आवश्यक्ता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरुप परियोजना सञ्चालन गर्नेगरी संघसंस्थालाई प्रोत्साहन गर्ने कार्यको शुरुवात गरिएको पनि बताउनु भयो । परिषद्की अध्यक्षसमेत हनुभएकी मन्त्री रेग्मीले सामाजिक संघ,संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिवद्धसमेत रहेको बताउनु भयो ।

मन्त्री रेग्मीले भन्नुभयो, ‘सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भइ गरिब, विपन्न, समुदायको सामाजिक, आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको छ ।’

‘परिषद्मा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ । यसलाई सकेसम्म पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागि परेको छ । सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामिण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यक्ता हो ।’

‘परिषद्बाट राष्ट्रिय आवश्यक्ता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरुप परियोजना सञ्चालन गर्नेगरी संघसंस्थालाई प्रोत्साहन गर्ने कार्यको शुरुवात गरिएको छ । सामाजिक संघ,संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिवद्धसमेत रहेको छ । अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई हाम्रो टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट धेरै कामहरु भइरहेको छ । अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि शुरु भइसकेको छ । यो धेरै समयदेखि थाँती रहेको थियो त्यसलाई चलाउन समिति गठन गरेर अघि बढाइएको छ ।’

मन्त्री रेग्मीले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाइ आफू नेतृत्वको टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट कामहरु सञ्चालन गरीरहेको बताउनु भयो । उहाँले समिति गठन गरेर अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि शुरु गरेको बताउनु भयो ।