३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट फेरि संविधान मिच्ने काम भयोः नेता यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत काम गरेको बताउनुभएको छ ।

आज हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आउनुभएका नेता यादवले राष्ट्रपतिको कदमले मानवअधिकार खोसिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री र सरकारले पेश गरेको विधेयक अक्षरशः प्रमाणीकरण गर्ने राष्ट्रपतिले जनताको अधिकारसँग जोडिएको विषयमा राजनीतिक प्रतिशोध साँध्नु गलत भएको उहाँको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले संविधानलाई नै धरापमा पार्ने खेल खेलेको भन्दै यादवले आफ्नै देशका नागरिकको सन्तानलाई कहिलेसम्म अनागरिक बनाएर राख्न खोजेको भन्दै प्रश्न गर्नुभयो । उहाँले नागरिकता नदिनु भनेको मानवतावादी कानूनकोे उल्लङ्घन हो भन्नुभयो ।