११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

पूर्वराष्ट्रपति यादव भन्नुहुन्छः ‘राष्ट्रपतिबाट दोस्रो पटक संविधान उलंघन भयो(भिडियोसहित)

पूर्वराष्ट्रपति यादव भन्नुहुन्छः ‘राष्ट्रपतिबाट दोस्रो पटक संविधान उलंघन भयो(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको आरोप लगाउनु भएको छ ।

राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाई थियो ।

बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधिसभा विघटन गरेर पहिलो चोटी संविधान उलंघन गर्नु भएकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरेर फेरी संविधान उलंघन गरेको भन्दै आपत्ति जनाउनु भयो । दोस्रो पटक पनि संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्व राष्ट्रपति यादवले पटकपटक दोहो¥याउनु भयो । उहाँले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरुको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गर्नु भयो ।

‘पूर्वराष्ट्रपति यादवले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली जनतालाई सजग भएर लाग्न पनि आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘आज गणतान्त्रिक कालमा प्रधानमन्त्रीबाट २/२ चोटी सदन भंग भयो । र, त्यसलाई हटाउन दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, यही मिडिया र सम्पूर्ण नेपाली जनताको प्रयासले संविधान ट्रयाकमा ल्याउने काम भएको थियो ।’

‘आज दुई वटै सदनबाट पास भएर विधेयक गएको थियो । त्यसलाई सम्माननीय राष्ट्रपतिजीले त्यो संस्थाको मर्यादा, त्यो संस्थाको गरिमा, त्यो संस्थाको कर्तव्य बुझेर उहाँले काम गर्नुपर्ने थियो । तर, आज उहाँले संविधानको उलंघन फेरी गर्नु भएको छ । संविधान फेरी एकचोटी उलंघन भएको छ । अव त्यसो हुन नदिन नेपाली जनता सजग हुनुपर्दछ । त्यसले गर्दाखेरी म भन्न चाहन्छु । धेरै भन्न चाहन्न कि संविधान फेरी उलंघन भएको छ । २/२ चोटी लोअर हाउस र अपर हाउसबाट पास भएर सम्माननीय राष्ट्रपतिबाट पहिलो चोटी सन्देशसहित फर्काउने काम भयो । तर, दोस्रो चोटी फर्काउन मिल्ने अवस्था नै थिएन ।’

‘उहाँले बेलायतको परम्परा हुर्नुपर्ने, भारतको परम्परा हेर्नुपर्ने, अमेरिकाको परम्परा हेर्नुपर्ने, विद्वान संविधानविद्, कानुनविद्हरुसँग छलफल गर्नुपर्ने र त्यस अनुसार मनन् गरेर त्यो विधेयक प्रमाणिकरण गर्नुपर्ने थियो । तर, आज फेरी नेपालको लोकतन्त्रमा एउटा कालो बादल मडारिएको छ । म सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु–यो संविधानलाई बचाएर लैजानु पर्दछ । यसो गर्न सकिएन भने हामी फेरी प्रतिगमनमा जान्छौं ।’

पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधान विपरित प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरी पनि संविधान बचाउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपति भण्डारीको यो कदम पनि नसच्चिए फेरी मुलुकमा प्रतिगमन हुने बताउनु भयो ।