११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

अब जे गर्नुपर्छ चुनावपछिको संसद्ले गर्छः नीलाम्बर आचार्य

अब जे गर्नुपर्छ चुनावपछिको संसद्ले गर्छः नीलाम्बर आचार्य
अ अ+ अ-

काठमाडौं । पूर्वराजदूत नीलाम्बर आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको समर्थन गरेका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निष्क्रिय भएसँगै आचार्यले बुधबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका हुन् ।

पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले अब जे निर्णय गर्ने हो निर्वाचनपछिको संसद्ले नै गर्ने अभिव्यक्ति दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –
सापेक्षतामा हेर्नुपर्छ।
आम निर्वाचनको मुखमा सम्पूर्ण प्रक्रिया नअपनाई
व्यापक विचारविमर्शलाई पन्छाई
नागरिकताजस्तो विषयमा निर्णय गर्नु नै गलत थियो।
राष्ट्रपतिले सन्देशमा उठाएका प्रश्नको उपेक्षा गर्नु अर्को गल्ती थियो।
अब जे गर्नुपर्छ चुनावपछिको संसदले गर्छ।

आचार्य ०४६ सालको आन्दोलनपछि वाममोर्चाका तर्फबाट कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बनेका थिए । लामो समय वाम राजनीतिमै रहेका उनी ०६४ सालको निर्वाचनपछि नेपाली कांग्रेसको कोटामा मनोनीत सांसद भए ।

२०७४ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकटपछि भारतका लागि राजदूत नियुक्त भएका उनलाई वर्तमान गठबन्धन सरकारले फिर्ता बोलाएर डा. शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।