२२ आश्विन २०८१, मंगलवार
,
Latest
पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक: संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ? अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा दशैंको बजार -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब जे गर्नुपर्छ चुनावपछिको संसद्ले गर्छः नीलाम्बर आचार्य



अ+ अ-

काठमाडौं । पूर्वराजदूत नीलाम्बर आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको समर्थन गरेका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निष्क्रिय भएसँगै आचार्यले बुधबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका हुन् ।

पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले अब जे निर्णय गर्ने हो निर्वाचनपछिको संसद्ले नै गर्ने अभिव्यक्ति दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –
सापेक्षतामा हेर्नुपर्छ।
आम निर्वाचनको मुखमा सम्पूर्ण प्रक्रिया नअपनाई
व्यापक विचारविमर्शलाई पन्छाई
नागरिकताजस्तो विषयमा निर्णय गर्नु नै गलत थियो।
राष्ट्रपतिले सन्देशमा उठाएका प्रश्नको उपेक्षा गर्नु अर्को गल्ती थियो।
अब जे गर्नुपर्छ चुनावपछिको संसदले गर्छ।

आचार्य ०४६ सालको आन्दोलनपछि वाममोर्चाका तर्फबाट कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बनेका थिए । लामो समय वाम राजनीतिमै रहेका उनी ०६४ सालको निर्वाचनपछि नेपाली कांग्रेसको कोटामा मनोनीत सांसद भए ।

२०७४ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकटपछि भारतका लागि राजदूत नियुक्त भएका उनलाई वर्तमान गठबन्धन सरकारले फिर्ता बोलाएर डा. शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।