५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य छैनः निर्देशक घिसिङ(भिडियोसहित)

प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य छैनः निर्देशक घिसिङ(भिडियोसहित)
file
अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताउनुभएको छ ।

मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गर्नुभयो । घिसिङले विद्युत खपत बढाउनको लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पु¥याउने बताउनु भयो । घिसिङले विद्युत निर्यात गरेर भन्दा विद्युत खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने जिकिर गर्नुभयो । उहाँले विद्युत प्राधिकरणले पछिल्लो एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेको बताउनु भयो । घिसिङले विश्वमा विद्युत संकट भएर युरोपमा १ युनिट विद्युतको करिव १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत निर्यात गर्नु मुलुकको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विद्युत प्राधिकरणले करिव एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेका छौं । यो नेपालको लागि महत्वपूर्ण विषय हो । विगतमा १० मेगावाटको विद्युत कतैबाट ल्यान सकिन्छकी भनेर गुहार माग्नुपर्ने स्थिती थियो । अहिले विश्वमा विद्युतको जति संकट भइरहेको छ । युरोपमा १ युनिट विद्युतको करिव १ डलरपर्ने अवस्था छ । यस्तो बेलामा नेपालले भारतमा विद्युत निर्यात गरिरहेको छ । प्राधिकरणको मुख्य उद्देश्य विद्युत निर्यात गर्ने होइन ।

विद्युत खपत गर्ने हो । नेपालको विद्युत नेपालमा नै खपत गर्ने हो । नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरेर समृद्ध नेपाल बनाउँदै उज्ज्यालो नेपालको बनाउने उद्देश्य साकार पार्ने हो । विद्युत खपत बढाउनको लागि हाम्रो दैनिक जीवनलाई विद्युतमा कन्भर्ट गर्नुपर्छ । घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्नुपर्छ । त्यसपछि मात्रै विद्युतको माग बढ्छ र नेपालको विद्युत नेपालमा नै खपत हुन्छ । त्यो खपतले मुलुकको अर्थतन्त्रमा १० गुणा योगदान गर्छ । निर्यात गरेर भन्दा विद्युत खपत गरेर योगदान बढी गर्नसक्छौं । तर खपत नहुँदा विद्युत खेर फाल्नुभन्दा निर्यात नै गर्ने हो । अहिले नेपालमा विद्युत ५० प्रतिशत सस्तो रहेको छ ।­’

प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गर्नुभयो । उहाँले हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताउनु भयो । घिसिङले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिव ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताउनु भयो । उहाँले विद्युत कम मूल्यको खपत भएपनि धेरै मूल्य बराबरको आयातलाई कम गराउनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा सबै काम विद्युतीय माध्यमबाट गर्नसक्यौं भने कुल आयातमा २० गुणा कम हुन्छ । सम्पूर्ण खाना पकाउने ग्यासको ठाउँमा विद्युत र सवारी साधन पनि विद्युतीय प्रयोग गरियो भने २५ देखि ३० अर्बको विद्युत खपत हुन्छ । त्यसले करिव ५ खर्बको आयातलाई प्रतिस्थापन गर्छ । विद्युत कम मूल्यको खपत हुन्छ तर धेरै मूल्य बराबरको आयातलाई कम गराउँछ । त्यसैले अब हरेक काम विद्युतीय माध्यमबाट गर्नुपर्छ । विद्युतीय चार्जिङ स्टेशन देशभर बनाउने लहर आउनुपर्छ । प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेका छौं । निजी क्षेत्रले चार्जिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले विद्युत पु¥याउने र ट्रान्सफरमर राख्ने काम गरेको छ । निजी क्षेत्रले प्राधिकरणले तोकेको भन्दा २० प्रतिशत विद्युतीय चार्जिङ शुल्क लिन सक्नुहुन्छ ।’

उहाँले अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताउनु भयो । घिसिङले निजी क्षेत्रले चाजिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले आफ्नै लागतमा विद्युत र ट्रान्सफर राखिदिने बताउनु भयो ।