२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १ रामचन्द्रजीलाई छाड्छुः कृष्णकुमार श्रेष्ठ



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताउनुभएको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित सांसदसमेत रहनुभएका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताउनुभएको हो । सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनमा भागबन्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफुले छोड्न परेको बताउनु भयो ।

उहाँले आफू बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने पनि बताउनु भयो । नेता श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताले आफूलाई नै खोजेको भएपनि आफ्नो कारणले गठबन्धन नभत्कियोस् भन्नाका लागि क्षेत्र छोड्न तयार भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘म तनहुँ जिल्ला १ नम्बर क्षेत्रको निर्वाचित माननीय । तर अहिले गठबन्धनको कारणले, गठबन्धन र मेरो पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीको कारणले, गठबन्धनमा मिलाउनुपर्ने । जसलाई मैले २०७४ साल मंसिर २१ गते पराजित गरेको थिएँ, नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई ।

अब उहाँलाई नै छोडेर सायद पार्टीले मलाई उपयुक्त ठाउँमा अहिलेसम्म कुरा हुँदा मधेस प्रदेशको बारा ४ नम्बर क्षेत्रमा चुनाव लड्नुपर्ला कि भनेर आदरणिय गठबन्धनका नेताहरुले भन्नुभएको छ । मधेस प्रदेश मात्रै नभइकन सिंगो पार्टीको आदरणिय नेता नागेन्द्र चौधरी यहीँ हुनुहुन्छ । अब उहाँकै नेतृत्वमा, हाम्रो पार्टीको सचिव हुनुहुन्छ ।

उहाँकै नेतृत्वमा, उहाँकै छत्रछायाँमा अब सायद अहिले पनि म नेताहरुलाई अनुरोध गर्न चाहन्छु, यदी सम्भव छ भने तनहुँ जिल्ला १ नम्बर क्षेत्रको जनताले अहिले पनि नेकपा (एकीकृत समाजवादी) लाई खोजेको छ । मलाई खोजेको छ ।

अब होइन यही कारणले तनहुँ १ नम्बर क्षेत्रकै कारणले मात्रै गठबन्धन नै भत्किन्छ या एकदमै ठूलो समस्या आउँछ भने म एउटा पार्टीको इमान्दार सिपाही हुँ । पार्टीले गरेको निर्देशन, पार्टीले गरेको निर्णय, पार्टीले भनेको मान्ने एउटा इमान्दार सिपाही भएको कारणले गर्दाखेरी मैले नेताहरुलाई अप्ठ्यारो नपार्ने गरी तपाईहरुले उपयुक्त ठाउँमा मलाई खटाउनुस् ।’

नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिएपनि निर्वाचन जित्ने आँट र शाहस लिएर अगाडी बढेको बताउनु भयो ।