१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल–जोरपाटी–थली–साँखु सडक
अ अ+ अ-

काठमाडौँ । तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन ?

कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको यो अवस्था एक दशकअघिदेखि यस्तै छ । जहिले पानी जम्ने यो सडकको समस्या कसैले समाधान गर्न सकेका छैनन् । यही मार्गका धेरै काम भइसक्दा पनि यहाँको अवस्था भने सुध्रिएको छैन । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको लामो समयसम्म पनि चावहिल–जोरपाटी–वाग्मती–साँखु सडकका विभिन्न खण्डका काम अझै अलपत्र छ ।

मूलपानीका स्थानीयवासी रणेन्द्र फुँयाल तिवारीटोलको सडकमा हुने खाल्डाखुल्डी टाल्न सरोकार भएका निकायलाई पटक–पटक आग्रह गरेपनि पूरा हुन नसकेको बताउनुहुन्छ । वर्षा याममा तिवारीटोलको सडकमा हिँड्दा जुत्ता खोलेर हिँड्नुपर्ने अवस्था आउने गरेको गुनासो गर्नुहुन्छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले केन्द्रबिन्दुबाट ११/११ मिटर बढाएर कालोपत्र गर्ने गरी विसं २०७२ ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम सुरु गरेको सात वर्षसम्म पनि सडक अलपत्र छ । यसबीचमा सडक किनार दायाँबायाँका घर तथा जग्गा धनीले सर्वोच्चमा दायर गरेको मुद्दामा सर्वोच्चले घर जग्गाकै मुआब्जा दिएर मात्र सडक विस्तारगर्नु भनी सरकारका नाममा २०७४ असोजमा आदेश दिएको थियो । सरकारले पुनरावलोकनको माग गरेकामा मुआब्जा नै दिनु भन्ने आदेश भएको थियो । यसपछि सरकारले चावहिल–जोरपाटी–साँखु र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको पनि पाँच वर्ष बितिसकेको छ । तर सडक भने बन्न सकेको छैन ।

सडक विस्तारका लागि ‘राइट अप क्लियर’ नगरी ठेक्का गर्दा समस्या आएको हो । एउटा समूह सडक छिटो बनाऊ भन्छ । अर्को समूह सर्वोच्चको आदेश कार्यान्वयन गर भन्छ । उपलब्ध सडकमा छिटो कालोपत्रगर्न सरकारले भनेको वर्षौ वितिसक्दा पनि यात्रु र स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । वर्षौ चुप लागेर बस्ने निर्माण व्यवसायी सरोकार भएका निकायले अनुगमनगर्ने भनेपछि यन्त्रसहित सडकमा काम गरेझैँ गरी रिझाउन खोज्छन् ।

चावहिलका स्थानीयवासी शङ्करकुमार श्रेष्ठ अनुगमन टोली फर्कने वित्तिकै काम बन्द हुने गरेको अनुभव सुनाउनुहुन्छ । कालोपत्र गरिएका स्थानको पनि किनारका भागमा अझै अलपत्र छोड्दा सडकमा समस्या भएको उहाँले गुनासो गर्नुभयो । टुसालचोकमा हायात होटलको पौडीपोखरीबाट निस्कने पानी र महाङ्कालबाट वर्षाद्का समयमा आउने बाढीले सडक जीर्ण छ ।

दुवैको व्यवस्थापन नभएसम्म सडक सुध्रिँदैन । हायात होटलबाट टुसालसम्म गरिएको कालोपत्र पौडी पोखरीको पानी र वर्षाद्को भेलले केही दिनमै बिगारेको थियो । टुसालचोकबाट महाङ्काल निस्कने अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले बनाएको सडक पनि दुई महिना पनि टिकेन । दुवै सडकमा निर्माण व्यवसायीले हायात होटलबाट आउने भेलले सडक बिगारेको दाबी गर्दै आएका छन् ।

टुसालसम्म २२ मिटरकै हाराहारीको सडक भए पनि त्यसपछि साँघुरो देखिन्छ । महानगरीय प्रहरी वृत्त बौद्धको भवनसमेत काठमाडौँ उपत्यका विकास प्राधिकरणले तोकेको मापदण्डविपरीत छ । मापदण्ड विपरीतको सरकारी भवन पहिलो चरणमा भत्काउनुपर्ने भनी सङ्घीय संसद्को विकास समितिले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन ।

प्रत्येक वर्ष डुबानमा पर्ने गर्छ विश्व सम्पदा क्षेत्र बौद्ध स्तुप विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपसहितको सांस्कृतिकस्थल एवं यस वरपरको सडक तीन चुलेबाट आउने बाढीका कारण प्रत्येक वर्ष वर्षाद्मा डुब्ने गरेको छ ।

यद्यपि यो सडकमा कालोपत्र भइसकेको छ । कालोपत्र गर्दा पनि ढल व्यवस्थित नगर्दा सम्पदा क्षेत्र डुबान हुन नछोडेको हो । डुबानका बेला यस क्षेत्रमा सवारी आवागमनमा समेत बाधा पुग्ने गरेको छ । सवारी घण्टौँ जाममा पर्दा टाढा पुग्ने यात्रुले सास्ती भोग्छन् । बौद्ध पिपलबोटबाट जोरपाटीतर्फ तल्लोपट्टि भागमा सडक बढाउन खोजेपछि स्थानीयवासीले घर भत्काएका छैनन् । प्राधिकरणले पक्षपात गरेर एकातर्फमात्र ‘डिमार्केसन’ गरेको स्थानीय महेन्द्र लामाले बताउनुभयो ।

केन्द्रबिन्दुबाट दुवैतिर उत्तिकै जग्गा लिए दिन तयार रहेको उहाँले बताउनुभयो । जोरपाटी क्षेत्रका केही घर भत्किए पनि धेरैले मुआब्जा माग गरेका छन् । यस क्षेत्रको सडककोबीच भाग कालोपत्र भए पनि दायाँबायाँ अझै जीर्ण छ । कति ठाउँमा कालोपत्र भएको केही समयमै सडक भत्कन थालिसकेको छ । दक्षिणढोकामा पुलको चौडाइ सानो हुँदा गोकर्ण जङ्गलतिरबाट आउने खोलाको बाढीले वर्षाद्मा यहाँको बस्ती डुब्ने गरेको गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङले बताउनुभयो । दशकौँदेखि यो समस्या समाधान हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।

तिवारीटोल, थली एवं डाँछी बजारका स्थानीयवासीले घर जग्गाको मुआब्जा माग गर्दै सडक विस्तार गर्न मानेका छैनन् । करिब १२ किमीको यो सडक पाँच खण्डमा काम भइरहेको छ । चावहिलबाट वाग्मती पुलसम्मको ३.६ किमी खण्डमा युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले काम गरिरहेको छ । दक्षिणढोकाबाट थली उकालोसम्म २.४ किमी दूरीमा बज्रगुरु-च्याङमिला-खानी जेभीको ठेक्का छ ।

थलीबाट डाँछी तीन किमी दूरीमा बज्रगुरु-बिरुवा-खानी जेभी, डाँछीबाट सलम्बुटार वनकोबीच सडकसम्म बिटी-सुनकोसी-वल्र्डवाइड जेभी र त्यहाँबाट साँखुसम्मको एक किमी सडकमा लामा/समानान्तर जेभीले ठेक्का पाएका छन् । लामा/समानान्तर जेभीको केही काम मात्र बाँकी रहेको विस्तार आयोजनाले जनाएको छ ।

साइड पोष्ट र रोड मार्कको काम मात्र बाँकी छ । आयोजना प्रमुख कृष्णनाथ ओझा यो सडकका लागि पुससम्मको समय दिएको बताउनुहुन्छ । त्यससमयसम्ममा काम सक्न निर्देशन दिइएको छ । करिब दुई किमी क्षेत्रको काममात्र बाँकी रहेको पनि उहाँले सुनाउनुभयो । रासस