२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.41

Wind: 2.06

Humidity: 94

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा संविधान दिवस कार्यक्रम



अ+ अ-

भक्तपुर । संविधान दिवसके अवसरमा आज मध्यपुरथिमि नगरपालिकामा प्रभातफेरी एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मध्यपुरथिमि नपा–४ बालकुमारी मन्दिरबाट सुरु भएको प्रभातफेरी दथुटोल, निःगुपुखुः ९दुई पोखरी० हात्तिमहाकाल, चपाचो, गुंगचिवाः, बहाखाबजार हुँदै मध्यपुरथिमि नगरपालिका अगाडि एक पार्टी प्यालेसमा पुगेर अन्तक्र्रियामा परिणत भएको थियो । नगरपालिकाका जनप्रतिनिधि, नगरका विभिन्न सामाजिक सङ्घसंस्था, सहकारी संस्था, खेलाडी, सर्वसाधारण नागरिक, विद्यालय, नगरपालिकाका कर्मचारी, प्रहरीको सहभागिता थियो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय तहले संविधानको मर्म र भावनाअनुरुप संविधानको कार्यान्वयन गर्दै जनताको घरआँगनमा सरकार भएको अनुभूति दिनसक्नुपर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाले संविधानले दिएको अधिकारअनुसार नगरवासीको हितमा काम गर्दै आएको बताउँदै नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको पहुँच वृद्धि गर्न नगरपालिका लागिरहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले आमनागरिकलाई संविधानले दिएको अधिकार र यसको प्रयोगबारे सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याउँदै हजारौँको बलिदानबाट प्राप्त संविधानको रक्षा गर्दै यसकोे अक्षरशः पालनामा लाग्नुपर्ने बताउनुभयो । त्यसअवसरमा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य दिलीपकुमार प्रजापतिले जनता सचेत भएर संविधानको रक्षाका लागि उभिनुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिका सभापति हरिदास प्रजापति, वरिष्ठ अधिवक्ता श्रीहरी अर्याललगायतले संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।