२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक सूची तयार गर्न माओवादी पदाधिकारीको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । समानुपातिक सूची तयार गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो दुई बजे बैठक बस्ने भएको हो ।

समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले बैठक दिउँसो २ बजेका लागि सारिएको छ । समानुपातिक सूची तयार गर्न माओवादीले महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ ।

जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् । कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ ।

आयोगमा आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् ।