१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

महिला साफले नयाँ च्याम्पियन पाउँदै (भिडियोसहित)

महिला साफले नयाँ च्याम्पियन पाउँदै (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमवार हुँदैछ । सम्पन्न पाँच वटै संस्करणको उपाधि विजेता भारत सेमिफाइनलबाट घर फकिँर्दा बंगलादेश र नेपालबीच उपाधिका प्रतिष्पर्धा हुन लागेको हो ।

जुनकुनै टोलीले उपाधि उचाले पनि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने निश्चित छ । जारी प्रतियोगिताका सबै खेलमा क्लिन सिट राखेका दुवै टोलीले आईतवार भएको प्रि–म्याच कन्फरेन्समा उपाधिका लागि भिड्ने बताएका छन् ।

साविक विजेता भारतमाथिको चुनौती नेपालले सेमिफाइनलमा टुङ्गाउँदै पाँचौ पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेछ । सँगै अघिल्लो संस्करणका तथ्याङ्कमा एक पटक मात्र फाइनलमा स्थान बनाएको बंगलादेशले नेपालको चुनौती सामना गर्न लागेको हो । त्यसो त नेपालले यसअघि भएका सबै भेटमा सुखद् नतिजा निकालेको छ ।

सोमवार हुने फाइनल खेलमा पनि नेपाल सोही नतिजालाई दोहो¥याउन चाहन्छ । नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले उपाधि अर्जुन दृष्टि भएको सोही अनुसार महिला टोलीले लक्ष्य राखेर अगाडि बढेको र एक कदममात्र बाँकी रहेको बताउनु भयो । घरेलु मैदानमा आयोजना हुन लागेको फाइनल खेलमा उपाधि नै मुख्य लक्ष्य भएको र कुनैपनि चुनौती सामना गर्न टोली सबै किसिमले तयार भएको प्रतिक्रिया दिनुभयो । कुनैपनि हालतमा टिमलाई सन्तुलित बनाउने र सोही टोलीबाट नतिजाको अपेक्षा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तयारी हामीले नौ हप्तादेखि गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि नै हो । अहिले हाम्रो अर्जुन दृष्टि छ । मैदानमा उपस्थित भएको दर्शकका लागि हामीले कुनैपनि हालतमा उपाधि दिने सोचमा छौं । मौसम, मैदानको अवस्था हाम्रो लागि कुनै छुट छैन । मुख्य लक्ष्य नै उपाधि हो । त्यो जुनकुनै हालतमा लिन चाहन्छ । चाहे त्यो बिरामी खेलाडी मैदान उतारेर होस् वा युवा खेलाडीलाई राखेर होस्, सन्तुलित टोलीको निमार्ण गरेर नतिजा पक्षमा पार्ने योजनासहित मैदान उत्रिने हो ।’

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा बलियो टोली भारतको चुनौती १–० ले पार गर्दा नेपालले उपाधि भिडन्तका लागि बंगलादेशसँग भिड्नुपर्ने समिकरण बनेको हो । बंगलादेशले पहिलो पटक सेमिफाइनलमा पुगेको भुटानमाथि ८–० को फराकिलो जित निकालेको थियो । सोमवार हुने प्रतिष्पर्धाबाट विजयी टोलीले साफ महिला फुटबलमा नयाँ इतिहास रच्ने निश्चित भएको हो । घरेलु मैदानमा हुने खेलमा नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले कम भन्दा कम गल्ती गर्ने र रंगशालामा उपस्थित भएको दर्शकलाई खुशी दिलाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कम भन्दा कम गल्ती गर्ने योजनामा छौं । गोल खानु भएन । गल्ती नगरी खेलको खण्डमा नतिजा हाम्रो पोल्टामा पर्छ । हाम्रो नारा भनेकै ‘हामी सक्छौं, हामी गर्छौ’ हो । हामी सकारात्म भएर मैदान उत्रिनेछौं ।’

बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गर्दा नेपाल भने पाँचौ पटक फाइनल प्रवेश गरेको हो । सन् २०१६ को संस्करणमा सेमिफाइनलबाट नै बाहिरिएको नेपाल अन्य संस्करणमा भने उपविजेतामा सिमित हुँदै आएको छ ।

प्रशिक्षक थापाले भने जस्तो सोमवारको फाइनलमा नेपाली टोलीका लागि सहज भने हुनेछैन । नेपाली टोलीका केही अनुभवि र राम्रा खेलाडीमा डेंगुको समस्या देखिएको छ । साथै बंगलादेशले जारी प्रतियोगितामा गरेको प्रदर्शनको आधारम नेपाल भन्दा समिकरणको हिसावमा बलियो देखिएको छ । बंगलादेशका प्रशिक्षक गोलाम रब्बानी छोटोनले नेपालको मैदानमा हुन लागेको फाइनल खेल बंगलादेशका लागि सहज नभएको स्वीकार गर्नुभयो ।

पछिल्ला चार खेलको अनुभवको आधारमा आफ्नो टोलीको मनोबल उच्च रहेको छोटोनले बताउनु भयो । यसअघि विभिन्न प्रतियोगितामा हात पारेको नतिजाको आधारमा पनि आफ्नो टोलीमा अनुभव भएकाले घरेलु टोलीसँग प्रतिष्पर्धात्मक खेल खेल्ने बताउनु भयो । अघिल्ला खेलमा राम्रो खेलेको भन्दो खेलाडीमा कुनै दबाब नभएको उनले थप्दै उपाधि जित्नेमा आशावादी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘घरेलु टोलीविरुद्ध फाइनल खेल खेल्नु सहज छैन । पछिल्ला चार खेलको अध्ययन गर्दा हाम्रो टोली राम्रो प्रदर्शन गरेको छ । पछिल्ला खेलको नतिजाले टोलीमा मनोबल बढेको छ । कोही पनि खेलाडीमा दबाब छैन । स्वाभाविक खेल्नेमा म विश्वस्त छु । घरेलु दर्शकमाझ खेल्न टोली मानसिक हिसावमा तयार भैसकेको छ । राम्रो खेल्दै इतिहास बनाउन चाहन्छौं ।’

बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्समाथि ३–० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्दा दोस्रो खेलमा पाकिस्तानमाथि ६–० को फराकिलो जित निकालेको थियो । यस्तै तेस्रो खेलमा भारतमाथि ३–० को जित निकालेको बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ८–० को फराकिलो जित दर्ता गरेको थियो । बंगलादेशले चार खेलमा कुल २० गोल गरेको छ । बंगलादेशकी सविना खातुनले जारी प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दा बंगलादेशकै लागि ४ गोल गर्ने मोसामत सिरात जहान सोपानको दोस्रो नम्बरमा रहेकी छिन् । जारी प्रतियोगिताको सर्वाधिक गोलकता सविना खातुनले अघिल्ला खेलमा भएको अनुभवको आधारमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेमा आफू आशावादी रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अघिल्ला खेलमा क्लिन सिट राखेका छौं । सोही अनुभवले हाम्रो मनोबल उच्च छ । उपाधि उचाल्न एक कदममात्र अगाडि छ । सो खेलमा पनि हामीले अघिल्ला खेलमा खेलेको प्रदर्शनलाई निरन्तरता दिन चाहन्छौं । लगातार खेल भएपनि केही दिनको आरामपछि खेलाडीहरु फिट भइसकेका छन् । प्रतिष्पर्धात्मक खेलेर उपाधि जित्न चाहन्छौं ।’

बंगलादेशसँग भेट पक्का गरेको नेपालले पहिलो खेलमा भुटानबिरुद्ध ४–०, दोस्रो खेलमा श्रीलंकाबिरुद्ध ६–० र सेमिफाइनलमा भारतबिरुद्ध १–० को जित निकालेको छ । नेपालले ३ खेल खेल्दा ११ गोल गर्न सफल भएको छ । नेपाली टोलीका अनुभवि खेलाडी सावित्रा भण्डारी अस्वथाका कारण पछिल्ला दुई खेल गुमाइसकेकी छिन् ।

सोमवार हुने फाइनलमा सावित्राको उपस्थिति अन्योल बनेको छ यद्यपि पछिल्लो प्रशिक्षणमा भने उपस्थित भएकी छिन् । उनको चोट नेपालका लागि टाउको दुखाई बनेको छ । घरेलु मैदानमा नेपाललाई साफ उपाधि उचाल्ने दोस्रो अवसर हुनेछ । यस अघि विराटनगरमा भएको फाइनलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । तर यो संस्करणमा नेपालको प्रतिद्वन्द्वी भारत भन्दा अर्को टोली आएको छ ।

अघिल्ला चार संस्करणमा तगारो बन्दै आएको भारत सेमिफाइनलबाट नै बाहिरिँदा सन् २०१६ मा उपविजेता बंगलादेश प्रतिद्वन्द्वी मिलेको हो । यस अघिका संस्करणमा नेपाल र बंगलादेश तीन पटक आमनेसामने भएका छन् । सबै भेटमा नेपालले सुखद् नतिजा निकालेको छ । सन् २०१० को पहिलो भेटमा नेपालले बंगलादेशलाई ३–० ले पक्षमा पार्दा २०१४ दोस्रो भेट नेपालले १–० र २०१९ को भेटमा पनि नेपालले ३–० को जित निकालेको थियो ।