२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालय पहलवान तथा तिघ्रे मुसलदण्डहरूको कब्जामा गयो



अ+ अ-

अभियुक्त प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा उपरको अभियोजन अनिर्णित रह्यो। कानूनतः थोरै समयका लागि भएपनि अदालतको कुर्सीमा बस्नु आफ्नो हक हो भनी चोलेन्द्रले भनेको कुरा ठिक हो वा बेठिक हो-यसको निरूपण स्वयं अदालतबाटै हुनु पर्थ्यो।

सुशीला कार्की उपरको महाअभियोग प्रकरणमा अदालतले बोलेको थियो। संसदमा दर्ता रहेको महाअभियोगको प्रस्तावलाई चोलेन्द्रले इजलासमा कविताको शैलीमा वाचन गरेर तुहाएका थिए। महाअभियोगको त्यो प्रस्ताव जायज वा नाजायज जे रहेपनि त्यो संसदको क्षेत्राधिकारको बिषय थियो। तर, योजनावद्ध तरिकाबाट अदालतमा निवेदन प्रवेश गराएर चोलेन्द्रले निस्कृय पारेका थिए।

चोलेन्द्रको त्यो कदम एक त्रिपक्षीय समझदारीको परिणाम थियो। तत्कालिन प्र.म शेर बहादुर देउवा, अभियुक्त सुशीला कार्की र सर्वोच्चमा दोस्रो वरियतामा रहेका चोलेन्द्रका बीच। यस अनुसार महाअभियोगबाट उम्केर अदालतबाट बहिर्गमनका लागि सुशीलाले बाटो पायो। त्यही प्रस्तावका कारणले सर्वत्रबाट आलोचना बेहोर्नु परेका प्र।म। शेर बहादुर देउवाले संसदीय फजिहतबाट मुक्ति पाए अनि चोलेन्द्र शम्सेर आफ्नो समय अगावै बढी समयावधिका लागि प्रधानन्यायाधीश पाएँ।

इतिहासमा यस्ता कामहरू वा षडयन्त्रहरू जंगबहादुरहरूले तलवारबाट भ्याउथे। आजभोली संविधानलाई अठ्याएका यिनीहरूले रक्तहिन तवरबाट भ्याउँछन्।

तैपनि चोलेन्द्रको त्यो कदम आलोचनामुक्त रह्यो। आज चोलेन्द्रको बिरोधमा लागेकाहरू तेस बेला चुप लागे। बोलेनन्। संसदमा दर्ता रहेको महाअभियोगको प्रस्तावलाई न्यायालयले इजलाशबाटै सुईक्याउन सक्छ तरु यस बारे कोही बोलेनन्।

शायद, यही प्रकृयामा फायदा भेटेका होलान्।अहिले महाअभियोगको प्रस्ताव संसदबाट तोकिएको समय वा हदम्याद भित्र टुंगो न लागेमा चोलेन्द्र फेरी अदालतको कुर्सीमा फर्किन पाउने वा नपाउनेरु यसको निरूपण कसले गरिदिने(यस्को जिम्मेवार निकाय को होरु र तेसको प्रकृया के हो ?

चोलेन्द्र अदालतमा प्रवेश गर्ने भनेपछि उनलाई निवासबाटै निस्कन नदिएको चोलेन्द्रले बताएका छन। उता बारले चोलेन्द्र छिर्न आएमा सर्वोच्चको गेटबाटै छिर्न नदिने जनाएको छ। यि दुबै खाले तिघ्रे ताललाई सघाउन आपुताली पाएका कामू प्रधानन्यायाधीश दीपक कार्कीले १० बजे अगावै अदालत छिरेको समाचार छ।

यसरी यिनै सब मिलेर टुकुचा बनाएको न्यायालयमा अब पहलवान तथा तिघ्रे मुसलदण्डहरूको कब्जा भयो।चोलेन्द्रको प्रयास कानून सम्मत हो होईन भनि दिने को अब रु यो मुलुकको अवनतिको पराकाष्ठा भएन ?

पूर्बमन्त्री गुप्ताको फेसबुकबाट