• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य



काठमाडौँ । प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ः०० देखि अन्त्य हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराउनुभयो ।

नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।