२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो ।

तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ ।

बाढीले नदी किनारका बस्तीमा क्षति पु¥याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तुसमेत बगाएको छ । नदी किनारका वस्ती डुबानमा परेका छन् । बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन् ।