• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

‘संसद विघटन गर्ने ओलीलाई संसद पुर्नस्थापनालाई परमादेश भनेर टिप्पणी गर्ने अधिकार छैन’



काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको पूर्ववर्ति सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताउनुभएको छ ।

शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताउनुभएको हो ।

संसदको पुर्नस्थापना जनताको भावना र पहल, बहुमत सांसदको निर्णय, नागरिक समाजको पहल र संवैधानिक इजलाशको बहुमतको कारणले सम्भव भएको उहाँको भनाई छ । उहाँले संसद विघटन गर्ने ओलीलाई संसद पुर्नस्थापनाको निर्णयलाई परमादेश भनेर टिप्पणी गर्ने अधिकार नभएको बताउनुभयो । अध्यक्ष दाहालले देशलाई संवैधानिक दुर्घटनाबाट बचाउन र लोकतन्त्र, राष्ट्रको रक्षा गर्ने उद्देश्यले गठबन्धन गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले सुनुवाई समितिमा चलिराखेको सुनुवाईको प्रक्रियाले के कुरा प्रष्ट भएको छ भने त्यो प्रक्रियामा जे–जति कुरा आइराखेका छन् । त्यो कुराले के प्रष्ट भएको छ भने यो गठबन्धनको सरकार एकातिर जनताको भावना अनुसार, जनताको पहल अनुसार यो सार्वभौम संसदको बहुमत सांसदहरुको निर्णय अनुसार र देशका सबै नागरिक र बौद्धिक जमातको पनि पहल अनुसार भएको हो । परमादेश अथवा अदालतको आदेश त्यो सुनुवाई समितिमा चलेको बहशको निचोड मैले के बुझें भने सडकमा जनतापनि लाखौँ आएर घेरा हाले । पूर्वप्रधानन्यायाधीशदेखि बुद्धिजिवी, नागरिक आन्दोलन सबैले पनि दबाब दिए ।

अनि संसद भित्रको बहुमतले पनि यो स्वीकार्य छैन भनेपछि र स्वयम् संवैधानिक इजलाशको बहुमतले पनि गलत हुन्छ विघटन भनेपछि आदेश जारी गरेको भनेर खुलेआम आएको छैन र अहिले ? के यो कुराले त्यो तथ्यलाई प्रमाणित गरेको छैन ? बरु अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम त अघिल्लो सरकार र त्यसको नेतृत्वले गरेको रहेछ भन्ने पो पुष्टि भएको छ ।

अनि उहाँलाई परमादेश भनेर नकारात्मक टिप्पणी गर्ने अधिकार कहाँबाट प्राप्त भयो ? मैले यो पनि बुझेको छैन । त्यसलाई ठुलो संवैधानिक दुर्घटनाबाट बचाउनको निम्ति हामीले संविधान, लोकतन्त्र र राष्ट्रको पनि रक्षा गर्ने उद्देश्यको साथ उहाँले चालेका त्यतिबेलाको सरकार र त्यतिबेलाको प्रधानमन्त्रीले चालेका असंवैधानिक कदमलाई करेक्शन गर्ने उद्देश्यका साथ यो गठबन्धन बनेको हो ।’

उहाँले आगामी निर्वाचनमा एमालेको अबस्थाबारे गत स्थानीय तह निर्वाचन, राष्ट्रिय सभा, नेपाल पत्रकार महासंघ र नेपाल बार एशोसिएसनको निर्वाचनले सन्देश दिइसकेको बताउनुभयो । अध्यक्ष दाहालले संसदको कार्यकालको विषयमा संविधानले निर्देशित गरेको मर्म अनुसार संसदले निर्णय गर्ने कुरा भएको उल्लेख गर्नुभयो ।