२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीद्वारा संसद् विघटनको बचाउ



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्नुभएको छ ।

शनिवार प्रतिनिधिसभाको ११ औं अधिवेशनको अन्तिम बैठकलाई सम्वोधन गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार आफूले चालेको उक्त कदम उचित रहेको दाबी गर्नुभएको छ ।

‘अहिले सरकारले चुनाव घोषणा गरेको र आजबाट संसद्को म्याद सकिँदै छ । त्यसो हो भने तपाईंले पनि प्रतिगमन गर्दै हुनुहुन्छ । अवस्था त्यस्तो हो ?’ प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘निर्वाचनमा aजाने कुरालाई प्रतिगमन भनिँदैन । असंवैधानिक ढंगले नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो । निर्वाचनमा जाने कुरा पहिले पनि प्रतिगमन होइन । अहिले पनि प्रतिगमन होइन ।’