३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै



अ+ अ-

रामपुर । सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिका्भित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोधसमेत गर्दै नियम र कानुनको पालना गरेर काम गर्ने नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“रामपुर नगरपालिकालाई सफा, सुन्दर र स्वच्छ नगरपालिका बनाउने सङ्कल्प लिएका छौँ, नियम र कानुनभन्दा बाहिर जाने छैनाँै”, उहाँले भन्नुभयो, “व्यक्ति आफैँ सचेत भएर नियम विपरीत बनाइएका संरचना हटाउन सहयोग गर्न हाम्रो आग्रह छ, सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्ने दायित्व नगर सरकारको हो ।” यस कार्यमा कसैले अटेर गरे कानुनी प्रक्रियाअनुुसार हटाइने रामपुर नगरपालिकाले जनाएको छ ।