६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको बिदाइ सम्बोधन : भोलिदेखि हामी संसद्मा उपस्थित हुनेछैनौँ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठकमा पार्टीबाट निर्वाचित सांसद्हरुलाई बिदाइ सम्बोधन गर्दै प्रचलनअनुसार भोलिदेखि आफूहरु संसद्मा उपस्थित नहुने बताउनुभएको छ ।

उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेलाई चामत्कारिक उपलब्धी दिलाउन सांसदहरुलाई आआफ्नो स्थानबाट सम्पूर्ण शक्ति लगाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “जो जहाँ जस्तो अवस्थामा छ, जे जिम्मेबारी पाइन्छ, त्यो जिम्मेबारी पूरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्छ ।” पार्टी स्पिरिटमा चल्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “हामीबाट कुनै प्रकारको असन्तुष्टि देखिएर अरुले सम्झाउनेगरी होइन,उच्चस्तरको सांस्कृतिक उचाई राखेर अघि बढ्नुपर्छ ।”

अध्यक्ष ओलीले सानदाररुपमा आफ्नो कार्यकाल पूरा भएको उल्लेख गर्दै पार्टीका तर्फबाट निर्वाचित सबै सांसदहरुलाई दशैँ लगायत सबै चाडपर्वको शुभकामना दिनुभयो ।