• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर साइनबोर्ड राख्नेहरुले भ्रष्टाचार मात्रै गरेः अध्यक्ष दाहाल (भिडियोसहित)



file

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दे उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनु भयो । उहाँले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताउनु भयो । उहाँले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्नेकुरा पनि केही मानिसहरुले गर्ने गरेको बताउनु भयो । उहाँले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न नदिने जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले कृषिप्रदान देश र कृषिमा आधारित उद्योगहरुमार्फत नै नेपालको विकासले गति लिन्छ पनि भनेका छाँैँ । खाद्यान्न आायत गरिरहेका छौँ, जमिन बाँझो छ, युवाशत्तिः विदेशमा छ, रेमिट्यान्स आएको छ, हामी चलेका छौँको स्थिति हामीले भोगिरहेका छौँ । त्यसकारण यो परिस्थिति बदल्नुछ, कसले बदल्छ, मेरो चिन्ता, यस खालका फोरममा गम्भीर ढंगले अपिल गरेको छु, जसले यो राजनीतिक परिवर्तन ल्याउन पहल गरेको थियो उसैबाट यो सम्भव छ । हामीले हाम्रो प्रणालीका कारणले देखापरेका विकृति र विसंगति सुधार गर्नुछ, अब शान्तिपूर्ण तरिकाले नेपालमा जे कारणले कुशासन र भ्रष्टाचार जत्ति भनेपनि बढेको बढ्यै छ । हामीले प्रधानमन्त्रीहरुले भन्ने गरेको सुनेका छौँ, म भ्रष्टाचार गर्दिन, गर्नपनि दिन्न, भन्ने साइनबोर्ड, टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरु केही गर्दै नगर्ने, के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ । प्राणालीमा सुधार गर्न आवश्यक छ ।’

‘यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिओस् । एकातिर निर्वाचन प्रणालीमा सुधारेर र शासन प्रणालीमा सुधारेर विकृति विसंगतिलाई सुधार्न सकिन्छ । यो कुरा भन्दै गर्दा एकथरीलाई माओवादी, संघीय, लोकतासन्त्रक गणतन्त्र, समावेशी, समानुपातिक सबैले अधिकार पाउनुपर्छ भन्नेकुरा मन नपर्ने मान्छे पनि त छन्, तपाईलाई थाहा छ । प्रचण्ड भनेपछि सब अस्थिरताको कारक यही हो, यो रहेसम्म देशले सुख पाउने भएन भन्नेपनि मान्छे छन् । माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न दिइँदैन, यो कुरा पक्का हो ।’

अध्यक्ष दाहालले राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताउनु भयो । उहाँले देश गम्भीर आर्थिक शंकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताउनु भयो । उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिएपनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गर्नुभयो ।

अध्यक्ष दाहालले देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको पनि बताउनु भयो । अध्यक्ष दाहालले नेपालको राजनीतिमा समस्या रहेको उल्लेख गर्दै राजनीतिलाई सही बाटोमा ल्याएर देश विकासमा लाग्नुपर्ने बताउनु भयो ।