१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

प्रचण्डबाट गम्भीर घात भयो, छुरा धस्नै आइहाले: अध्यक्ष ओली

प्रचण्डबाट गम्भीर घात भयो, छुरा धस्नै आइहाले: अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर घात गरेको बताउनुभएको छ ।

प्रचण्डको गृहजिल्ला चितवनका माओवादी नेताहरुलाई पार्टी प्रवेश गराउँदै उहाँले आफैँले अँगालो हालेर पार्टी अध्यक्ष बनाएर आफ्नै छेउमा राख्दा पनि प्रचण्डले आफूमाथि नै छुरा धस्न आएको बताउनुभयो । “मैले अध्यक्ष बनाएर आफ्नै छेउमा राखेँ तर उन (प्रचण्ड)ले त मलाई नै ग्वाम्मै छुरा रोपे”। अध्यक्ष ओलीले भन्नुभयो ।

चण्डले आफूलाई साधारण सदस्यबाटै निकालेको भनी गर्व गरेको अभिव्यक्ति दिँदै गरेको भिडियो हेरेको भन्दै उहाँले भन्नुभयो, “कस्तो व्यक्तिलाई मैले विश्वास गरेर पार्टी एकता गरेछु अहिले अचम्म लाग्छ । मैले दिएको बहुमत मविरुद्ध नै प्रयोग गर्न खोज्ने । म भन्दै थिएँ, पर्खिनुस् महाधिवेशनबाट अध्यक्ष बनाउँछु । तर, उनी भने मसँग बहुमत पुगिसक्यो भनेर निकाल्न तम्सिएछन् ।”

उहाँले अहिलेको एमाले प्रचण्डबाहेको पहिलेकै नेकपाको निरन्तरता रहेको भन्दै अदालतले पार्टीको नाममात्र जुध्यो भनेको तर नेकपा विभाजन नभएको बताउनुभयो ।