६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डबाट गम्भीर घात भयो, छुरा धस्नै आइहाले: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर घात गरेको बताउनुभएको छ ।

प्रचण्डको गृहजिल्ला चितवनका माओवादी नेताहरुलाई पार्टी प्रवेश गराउँदै उहाँले आफैँले अँगालो हालेर पार्टी अध्यक्ष बनाएर आफ्नै छेउमा राख्दा पनि प्रचण्डले आफूमाथि नै छुरा धस्न आएको बताउनुभयो । “मैले अध्यक्ष बनाएर आफ्नै छेउमा राखेँ तर उन (प्रचण्ड)ले त मलाई नै ग्वाम्मै छुरा रोपे”। अध्यक्ष ओलीले भन्नुभयो ।

चण्डले आफूलाई साधारण सदस्यबाटै निकालेको भनी गर्व गरेको अभिव्यक्ति दिँदै गरेको भिडियो हेरेको भन्दै उहाँले भन्नुभयो, “कस्तो व्यक्तिलाई मैले विश्वास गरेर पार्टी एकता गरेछु अहिले अचम्म लाग्छ । मैले दिएको बहुमत मविरुद्ध नै प्रयोग गर्न खोज्ने । म भन्दै थिएँ, पर्खिनुस् महाधिवेशनबाट अध्यक्ष बनाउँछु । तर, उनी भने मसँग बहुमत पुगिसक्यो भनेर निकाल्न तम्सिएछन् ।”

उहाँले अहिलेको एमाले प्रचण्डबाहेको पहिलेकै नेकपाको निरन्तरता रहेको भन्दै अदालतले पार्टीको नाममात्र जुध्यो भनेको तर नेकपा विभाजन नभएको बताउनुभयो ।