१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

बागवानी बालीका चुनौती र अवसरबारेमा कृषि वैज्ञानिक छलफलमा

बागवानी बालीका चुनौती र अवसरबारेमा कृषि वैज्ञानिक छलफलमा
अ अ+ अ-

काठमाडौँ । दक्षिण/दक्षिणपूर्वी एशिया क्षेत्रमा तरकारी र फलफूलका विधागत चुनौती तथा सम्भावित अवसरका बारेमा कृषि वैज्ञानिक एवं अनुसन्धानकर्ताले छलफल गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय र फरवार्ड नेपालको संयुक्त आयोजनामा ललितपुरमा तीनदिन चलेको गोष्ठीमा बागवानी बाली विशेषतः तरकारी र फलफूलको अनुसन्धानका लागि प्राथमिकतामा राख्नुपर्ने क्षेत्र पहिचान गरिएको थियो ।

सहभागीले दक्षिण एसियाली मुलुकमा बागवानी क्षेत्रका प्रमुख अवसर औँल्याउदै ती अवसरलाई मूर्त बनाउन र नेपालमा बागवानी क्षेत्रको विकास गर्न नेपाल सरकारका सबै क्षेत्र, अनुसन्धान लक्षित संस्था, विश्वविद्यालय एवं अन्य शैक्षिक संस्था र निजी क्षेत्रका उद्यमी व्यवसायीको छलफल तथा समन्वय आवश्यक रहेको सुझाव दिनुभएको थियो ।

कार्यशालामा गण्डकी विश्वविद्यालयका उपकूलपति प्राडा नवराज देवकोटाले बागवानी क्षेत्रको विकासका लागि अनुसन्धान कोष जुटाउने अवसरका रुपमा कार्यक्रम सम्पन्न भएको बताउनुभएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकूलपति प्राडा पुण्यप्रसाद रेग्मीले कृषि अनुसन्धान र प्रसारका लागि अन्तर्राष्ट्रिय साझेदार संस्था एवं स्थानीय सहकारी संस्था, कृषक समूह र समन्वयकारी निजी संस्थासँग सहकार्य गर्न सधैँ तयार रहेको बताउनुभएको थियो ।

गोष्ठीमा बङ्गलादेश कृषि अनुसन्धान संस्थान, बङ्गलादेश कृषि विश्वविद्यालय, सार्क कृषि केन्द्रलगायत नेपाल एवं बंगलादेशका विभिन्न निजी क्षेत्रका प्रतिनिधिको सहकार्य रहेको थियो । कार्यशालामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधि, नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का वैज्ञानिक, व्यवसायी किसान र कृषि व्यवसायीको सहभागिता थियो ।

कार्यक्रममा बागवानी क्षेत्रका दक्षिण÷दक्षिणपूर्वी एसिया लक्षित अनुसन्धानका कुल १८ विभिन्न विषयगत कार्यपत्र प्रस्तुत गरिएको थियो । गोष्ठीमा सहभागीलाई समूह विभाजन गरी सामुहिक छलफलका माध्यमबाट विषयगत अवसर, चुनौती र सम्भावना सङ्कलन गरिएको थियो ।

कृषक प्रतिनिधि रीता बस्ताकोटीले यस कार्यशालामा आफूले सिक्ने मौका पाएको बताउनुभयो । उहाँले कूल गार्हस्थ उत्पादनमा उल्लेख्य योगदान पु¥याउने अधिकांश कृषक साना किसान भएकाले साना र महिला कृषकलाई लक्षित गरी कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाल बागवानी समाजका कोषाध्यक्ष सञ्जय धिमालले छलफलपछि तयार गरिने प्रतिवेदनको गुणस्तरमा विशेष ध्यान पु¥याउन सके नेपालमा बागवानी विकास कार्यक्रमको योजना तयार गर्नमा मद्दत हुने बताउनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव वासुदेव काफ्लेले यो पारियोजनामा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका चार्टर्ड उपकुलपति प्राध्यापक डा कैलाशनाथ प्याकु¥यालले आफ्ना सिकाइ अनुभव आदानप्रदान गर्दै अनुसन्धानका परिणाममा आधारित प्रस्ताव विकास गर्न सुझाव दिनुभयो ।

गोष्ठीमा प्राडा दुर्गा देवकोटाले संयुक्त राज्य अमेरिका, बङ्गलादेश र नेपालका सहभागीलाई स्वागत गर्नुभएको थियो । हर्टिकल्चर इनोभेसन ल्याबकी निर्देशक प्राडा एलिजाबेथ मिचमले कार्यक्रमको उद्देश्य एवं विश्वव्यापी सम्भावनाबारे जानकारी गराउनुभएको थियो ।

प्राडा अर्जुनकुमार श्रेष्ठले दक्षिण/दक्षिणपूर्वी एसियामा बागवानीको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो । बङ्गलादेश कृषि विश्वविद्यालयका प्राडा मोहम्मद रेजाउल करिम र बङ्गलादेश कृषि अनुसन्धान संस्थानकी डा फिरदौस इस्लामले बंगलादेशको बागवानीको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।