१२ पुष २०८१, शुक्रबार
,
Latest
तीनकुने जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारलाई मेयर शाहको ध्यानाकर्षण जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुको जोड मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नुपर्नेः महासचिव पोखरेल मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउँछः उपप्रधानमन्त्री सिंह जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण ‘होस्टेल ३’ को नयाँ प्रदर्शन मिति फागुन २३ तय, हास्यरस मिसाइएको पोस्टर सार्वजनिक मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह दशगजा वारिपारि पहेँलपुर तोरीबारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका चितवन जिल्ला सहइन्चार्ज परियार एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका पार्टी सहइन्चार्ज यमबहादुर परियार (इन्द्रजीत) नेकपा (एमाले) प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका परियार पार्टीभित्र प्रभावशाली नेताका रुपमा मानिन्छन् । एमाले र माओवादी एकतापछि बनेको नकेपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार यसअघि पाँचपटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता हुन् ।

उनीसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत अन्य माओवादी नेताहरु बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

परियारले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गर्दै आएको हुँदा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखमा उनीहरुको एमाले प्रवेशले माओवादी पार्टी तथा अध्यक्ष प्रचण्डलाई निकै धक्का लाग्ने अनुमान गरिएको छ ।




भर्खरै